राजनीतिक खटपटका कारण यूवामा निरासा छायो ः सांसद अथक

पिपलबाेट संवाददाता


बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज “अथक”ले राजनीतिक खिचातानिले नेपालका यूवाहरुमा निरासापन देखिएको बताएका छन् । कोहलपुर जेसीजको आयोजनामा नेपाल जेसीज क्षेत्र ‘घ’ का अध्यक्षहरुको भेलाको कोहलपुरमा उद्घाटन गर्दै उनले नेपालका विभिन्न पार्टीहरुको आन्तरिक द्धन्द्धका कारण यूवाहरुमा निरासापन पैदा भएको बताएका छन् । साथै उनले लामो संघर्षबाट प्राप्त गरेका उपलब्धीहरु राजनीतिक दलका कारणले खतरामा रहेको भनि नेपालका यूवाहरुमा चिन्ता परिरहेको बताउँदै राजनीतिक दलहरु बिच हुने सामान्य विवादले अहिलेको शासन व्यवस्थामा कुनै पनि समस्या नआउने बताएका छन् । साथै उनले जेसीजबाट उत्पादन भएका यूवाहरु राजनीतिक, आर्थिक, सामाजिक र पारिवारिक रुपमा सक्षम भएको बताउँदै सभ्य सामाज निर्माणका लागि जेसीजले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् । सांसद अथकले कोरोना भाईरसका कारण नेपालमा विभिन्न चुनौतिहरु थपिएका भन्दै चुनौतिको सामाना गर्न यूवाहरु नै अग्रपन्ति रहेर आफ्नो कार्य गर्नुपर्ने बताएका छन् ।


कार्यक्रममा बोल्दै नेपाल जेसीज वर्ष २०२० की राष्ट्रिय कार्यकारीणी उपाध्याक्ष शोभा खरेलले कोरोना भाईरसको महामारीको बेला जेसीजमा आवद्व यूवाहरु फ्रन्ट लाईनमा रहेर राहत वितरण लगायतका अन्य गतिविधि गरिरहेको जानकारी दिँदै स्थानिय जनतासँगै हातेमालो गरी काम गर्न जेसीजका यूवाहरुलाई आग्रह समेत गरेकी छिन् ।
कार्यक्रममा बोल्दै नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष गेहेन्द्र दाहालले जेसीजका यूवाहरुले पछिल्लो समय आफ्नो सम्पूर्ण क्षमता समाजका विभिन्न गतिविधिहरुमा प्रयोग गरेकै कारण आज जेसीजलाई समाजले असल नेतृत्वका रुपमा आत्मासाथ गरिरहेको बताएका छन् ।
कोहलपुर जेसीजका संस्थापक अध्यक्ष सोम थापाले जेसीजले यूवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरिरहेको जानकारी दिँदै कोहलपुर जेसीज सामाजिक कार्यमा अग्रसर हुनुपर्ने बताएका छन् । कार्यक्रममा कोहलपुर जेसीज वर्ष २०२० का अध्यक्ष संगम खनालले जेसीज शाखा अध्यक्षहरुको भेलाले नेपाल जेसीज क्षेत्र घ का शाखाहरुको आगामि कार्यदिशाका बारेमा रणनीति तय गर्ने बताएका छन् । कार्यक्रममा नारायणी नदि पश्चिमका ४९ शाखाका अध्यक्षहरुको भेला कोहलपुरमा भएको हो । भेलाले कोरोना भाईरसको महामारीका कारण उत्पन्न परिस्थीती र आगामी दिनका योजनाहरुका बारेमा रणनिति तय गर्नुका साथै नेतृत्व र ब्यक्तित्व विकासका बारेमा प्रेरणादायी ट्रेनिङ समेत हुने भएका छन् ।

१० श्रावण २०७७ मा प्रकाशित
Nabintech