बाँकेका फुटबल खेलाडीलाई राहत वितरण

पिपलबाेट संवाददाता


बाँके जिल्ला फुटबल संघले कोडिभ १९ का कारण प्रभावित आफ्ना जिल्लाका खेलाडीलाई राहत वितरण गरेको छ । बाँकेले महिला र पुरुष गरि ४३ खेलाडीलाई जनही १ हजार ७ सय ७५ रुपैयाँ राहत प्रदान गरेको हो ।

प्रदेश ५ का प्रदेश सांसद ओलम्पियन सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिकाकी उप मेयर उमा थापा मगर, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीलगायतले खेलाडीलाई नगद हस्तान्तरण गरेका थिए ।

कोभिड १९ का कारण विश्वभर असर परेकाले फिफाले आफ्ना सदस्य राष्ट्रिय फुटबल सघमार्फत राहत प्रदान गरेको थियो । फिफाको सहयोगबाट अखिल नेपाल फुटबल संघ (एन्फा) आफु मातहतका निकाय र व्यक्तिहरुलाई राहत प्रदान गरेको थियो ।

एन्फाले सदस्य जिल्ला संघ, राष्ट्रिय महिला तथा पुरुष खेलाडी, प्रशिक्षक, रेफ्री, कर्मचारीलाई पनि राहत प्रदान गरेको थियो । एन्फाले हरेक जिल्लालाई ७५ हजार रुपैयाँका दरले राहत वितरण गरेको थियो । केहि दिन अघि नवलपरासी र रुपन्देही जिल्ला संघले पनि खेलाडीलाई राहत वितरण गरेका थिए ।

१० श्रावण २०७७ मा प्रकाशित
Nabintech