‘निरुको साइनो’ विमोचन

पिपलबाेट संवाददाता


हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले जुम मार्फत कविताको उपविधा निरन्जना चन्द निरुको “निरुको साइनो” विमोचन गरेको छ । प्रकाशक संस्था हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष तथा साहित्यकार महानन्द ढकाल एवम् कृतिकार निरन्जना चन्द निरुले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा प्रगतिशील लेखक संघका अध्यक्ष एवंम् कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.जीवेन्द्र देव गिरिले व्यानर पढेर कार्यक्रमको समुद्घाटन गरेका थिए । निरुका साइनोहरु उत्कृष्ठ रहेको उल्लेख गर्दै प्रा.डा. गिरिले लेखकहरुले जनजिविकाको सवाललाई उठान गर्दै लेख्नुपर्ने धारणा व्यक्त गरे । अबको साहित्य लेखन समाज परिवर्तनका लागि हुनुपर्दछ भन्दै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले साहित्यको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएकोमा खुशी व्यक्त गरे ।
साइनो विधाका प्रणेता प्राध्यापक छायादत्त न्यौपाने वगरले साइनोको लेखनी शुरु भएको साइनो लेखन एकवर्षको अवधिमा थुप्रै साहित्यकारहरुको नजरमा पर्नु साइनोप्रेमीहरुका लागि अति सुखद रहेको बताउँदै गत श्रावण १६ गतेबाट लेखन प्रारम्भ भएको कविताको लघुतम् उपविधा साइनोका एक वर्षको समयमा दुई दुईवटा कृतिहरु प्रकाशित हुनु आपैmमा सुखद रहेको बताए । प्राध्यापक न्यौपानेले साइनोको संरचना पक्षको बारेमा जानकारी दिदैं नेपाली माटोबाट शुरु भएको साइनो विधा छोटो समयमा धेरैको मन मुटुमा बस्न सफल भएको बताए । हाम्रो पूर्णिमा प्रतिष्ठान कोहलपुरले सबैभन्दा पहिलो र दोस्रो साइनो कृति प्रकाशित गरेर नेपाली साहित्यलाई ठूलो गुन लगाएको र इतिहास रचेकोमा संस्थाका अध्यक्ष महानन्द ढकाल लगायत सिंगो टिमलाई बधाइ ज्ञापन गरे ।
साइनोका अभियन्ता बालकुमार क्षेत्रीले साइनोले एकवर्षको अवधिमा गरेका साइनो गतिविधि माथि प्रकाश पारेका थिए । उनले साइनो सम्बन्धि छलफल, बहस तथा अन्तरसंवाद कार्यक्रमको बारेमा जानकारी दिदैं साइनो विधालाई सवैको सम्मुख ल्याउन सहयोग गर्ने विभिन्न मिडियाहरुलाई धन्यवाद समेत दिए ।
समालोचक तथा बाँसगढी बहुमुखी क्याम्पसका प्रमख ईश्वरी रिजाल उल्कापातले निरुको साइनोमाथि समिक्षात्मक दृष्टिकोण प्रस्तुत गर्दै निरुको साइनोमा समसामयिक विषयवस्तुहरुलाई निकै गहन र गम्भिर तरिकाले प्रस्तुत गरेकोमा खुशी व्यक्त गरे । निरन्जना चन्द निरुले शब्द, भाव, संरचना र शुद्धताको दृष्टिले उत्कृष्ट रहेको र नेपाली साहित्यमा यस कृतिले अमरत्व प्राप्त गर्ने सक्ने कुरामा आपूm ढुक्क रहेको बताए ।
कृतिकार निरन्जना चन्द निरुले निरुको साइनो आफ्नो पहिलो कृति भएको र आपूmलाई यहाँसम्म आइपुग्नका लागि सहयोग गर्ने सम्पूर्ण साहित्यकारहरुलाई धन्यवाद दिर्दै कृति अध्ययन गरी सुझाव सल्लाह दिनका लागि आग्रह गरिन् ।
कार्यक्रमका अध्यक्ष महानन्द ढकालले सहभागी सम्पूर्णलाई धन्यवाद दिदैं हाम्रो पूर्णिमा प्रतिष्ठान कोहलपुरले पश्चिमको नेपाली भाषा साहित्यलाई अगाडि बढाउन सदैव अग्रसर रहदै आएको बताए । साइनोको पहिलो कृति विष्णु पादुकाको “साइनो” र दोस्रो कृति “निरुको साइनो” प्रकाशन गर्न पाउँदा गर्व लागेको कुरा उल्लेख गर्दै कृतिकारलाई विधागत सफलताको शुभकामना दिदै लुकेका साहित्यिक प्रतिभालाई अगाडि ल्याउन प्रयत्न गरेको बताए ।
साइनो विधाका अभियन्ता केशव ज्ञवाली तथा खेमलाल पोखरेलले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पश्चिम नेपालमा साइनो झाँङ्गिदै गएकोमा खुशी व्यक्त गरे । साहित्यकारहरु गंगा लिगल, विष्णु पादुका, किरण आचार्य, गणेश श्रवण, सागर गैरे, बाबुराम न्यौपाने, नवराज पुडासैनी, टंक भटराई, कमला भण्डारी ढकाल, प्रभात सुवेदी, जीवन न्यौपाने, धातानन्द शर्मा, सुरेन्द्र शाही, सुमित्रा न्यौपाने लगायत सात दर्जन बढी साहित्यकारहरु उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष बद्री ढकाल हिरामणिले स्वागत गरेका थिए भने संस्थाका सचिव पुष्कर रिजालले कार्यक्रम संचालन गरेका थिए ।

११ श्रावण २०७७ मा प्रकाशित
Nabintech