इन्टर दोस्रो स्थानमा उक्लियो, लुकाकुको दुई गोल

पिपलबाेट संवाददाता


रोमेलु लुकाकुको दुई गोल मद्दतमा जेनोअलाई पराजित गर्द इन्टर मिलान इटालियन सिरी एको अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

इन्टरले जेनोअलाई उसैको मैदानमा ३-० ले पराजित गरेको हो । खेलको ३४औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ८३औं मिनेटमा एलक्सिस सान्चेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । इन्जुरी टाइमा लुकाकुले गोल थपेपछि इन्टरले सहज जित हात पारेको हो । जितपछि ३६ खेलबाट ७६ अंक जोडेको इन्टर एटलान्टालाई १ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको युभेन्ट्स ८० अंकसहित शीर्ष स्थानमा छ । लगातार नवौं पटक सिरी ए उपाधि जित्ने लक्ष्यमा रहेको युभेन्ट्स उपाधि जित्न अब एक खेल टाढा छ ।

११ श्रावण २०७७ मा प्रकाशित
Nabintech