सामान्य अंकले घट्यो नेप्से, १ अर्ब ८१ करोडको कारोबार

पिपलबाेट संवाददाता


साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.६२ अंकले घटेको छ। एक हजार ४६७ अंकबाट कारोबार खुलेको नेप्से परिसूचक सामान्य अंकले घट्दै एक हजार ४६२ अंकमा रोकिएको छ। कारोबार खुलेदेखि नै बढ्न थालेको नेप्से परिसूचक सात अंकले सुधार आएको थियो। तर, त्यसपछि लगातार ओरालो लागेको थियो। परिसूचक सामान्य अंकले घटे पनि आज सोमबार एक अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ। कारोबार भएको १२ समूहमध्ये चार समूहमा सुधार आएको छ। त्यसबाहेकका आठ समूह घटेका छन्। आज विकास बैंक, उत्पादनमूलक समूह, अन्य र माइक्रोफाइनान्स समूहमा सुधार आएको हो।

१२ श्रावण २०७७ मा प्रकाशित
Nabintech