जाजरकोटमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु, ७ जना बिरामी

पिपलबाेट संवाददाता


जाजरकोटको कुसे गाउँपालिका –१ स्याँक्रीमा जंगली च्याउ खाँदा आइतबार राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ । उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर बिरामी भएको कुशे गाउँपालिका –१ का वडाध्यक्ष गोपाल नेपालीले बताए । घरपरिवारका सबैले एकै समय च्याउ खाएका थिए । बिरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

१२ श्रावण २०७७ मा प्रकाशित
Nabintech