विश्वमा एक करोडभन्दा धेरैले कोरोना भाइरसकाे सङ्क्रमणलाई जितेका छन् । अहिलेसम्म एक करोड ५६ हजार दुई सय ८८ जनाले कोरोनालाई जितेका वल्डाेमिटरले जनाएको छ । आइतबार एकैदिन एक लाख ३५ हजार ४२ जनाले कोरोनालाई जितेका थिए ।पछिल्लो समय सङ्क्रमणको दरसँगै निको हुनेको दर पनि बढिरहेको छ । शनिबार झण्डै दुई लाख जना उपचारपछि निको भएका थिए । विश्वमा अहिलेसम्म एक करोड ६४ लाख ३० हजार ६ सय ६६ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये एक करोडभन्दा धेरै निको भइसकेका छन् । विश्वमा अहिले ५७ लाख २१ हजार आठ सयभन्दा धेरै सक्रिय सङ्क्रमित छन् भने ६६ हजारभन्दा धेरैको अवस्था गम्भीर छ । अहिलेसम्म मृत्युदरलाई हेर्दा प्रति कुल जनसङ्ख्याकाे १० लाखमा ८४ जनाको ज्यान जाने गरेको देखिएको छ ।
१२ श्रावण २०७७ मा प्रकाशित