रोनाल्डोद्वारा लिग उपाधि समर्थकलाई समर्पण

पिपलबाेट संवाददाता


युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोले लगातार नवौंपटक इटालियन सिरी ए उपाधि जितेपछि उक्त सफलता समर्थकहरुलाई समर्पित गरेका छन् 

आइतबार राती साम्पडोरियालाई २-० ले पराजित गरेपछि युभेन्टसले उपाधि पक्का गरेको हो  इटालीको शीर्ष ५ लिगमा लगातार नवौं पटक उपाधि जित्ने युभेन्टस पहिलो टोली हो  यसअघि युभेन्टसले राखेको लगातार आठौं उपाधि जितलाई बायर्न म्युनिखले बराबरी गरेको थियो 

रोनाल्डोले साम्पडोरियाविरुद्ध गोल गर्दै सिजनको ३१ औं गोल गरे । दोस्रो गोल गर्ने अवसर पाएपनि रोनाल्डो पेनाल्टीमा भने चुके । यसका बाबजुद उनले युभेन्टसलाई उपाधि दिलाउन सके । अघिल्लो खेलमा उडिनेजेविरुद्ध पराजित भएपछि युभेन्टसको उपाधि प्रतीक्षा लम्बिएको थियो ।

रोनाल्डोले जितपछि उपाधि आफ्नो समर्थकलाई समर्पित गरे  ‘ लगातार दोस्रो सिजन उपाधि जित्न पाउँदा खुसी छु  ठूलो क्लबको इतिहासलाई अझै परिस्कृत गर्ने अवसर पाएको छु,’ उनले भने, ‘ यो उपाधि समर्थकलाई समर्पण गर्न चाहन्छु  विशेषगरी कोरोनाले प्रभावित समर्थकहरुलाई यो उपाधि हो । यो स्थिति पक्कै सहज छैन । तपाईंहरुको सहास र लगाव नै हाम्रो लागि पनि शक्ति बनेको थियो ।’

१२ श्रावण २०७७ मा प्रकाशित
Nabintech