बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० ले आफ्नो वडा प्रोफाईलको दोस्रो संस्करण सार्वजनिक गरेको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले आज एक कार्यक्रममा बिच वडाको प्रोफाईल दोस्रो संस्करण सार्वजनिक गरेका छन् ।
कोहलपुर नगरपालिका १० नं. वडा कार्यलयको वडा प्रोफाईल दोस्रो संस्करण २०७७ प्रकाशित एवम् सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख रावतले वडा कार्यालयले आफ्नो वडाको वस्तुस्थिति, जनसंख्या, वडाको भौगोलिक अवस्थिति, आर्थिक, सामाजिक, धार्मिक, जातिय तथा समुदाय गत सूचकांक समेतको विश्लेषण गरेर वडाको प्रोफाईल बनाएकोमा खुशि व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधारीले वडाको विकासको विद्यमान स्थितिको विश्लेषण गरी वडा विकास प्रयासहरुलाई दिशानिर्देशन, आवधिक तथा वार्षिक वडा विकास योजना तर्जुमा गर्ने, योजनाको नतिजामूलक अनुगमन तथा वडा विकासका प्रयासहरुको प्रभावको लेखाजोख ागर्न व डाको वस्तुगत विश्लेषण विवरण तयार तथा अद्यावधिक गर्ने दिशामा वडा प्रोफाईलको दोस्रो संस्करणले कोशे ढुङ्गा सावित गर्ने विश्वास लिएको बताईन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउनेले वडा भित्रको वस्तुगत अवस्थाको जानकारी, जनसंख्याको तथ्यगत विवरण, आर्थिक, सामाजिक, संस्कृतिक क्षेत्रसँग जोडिएका कुराहरु, पूर्वधारको अवस्था लगायतको विषयवस्तुहरु समावेश गरी वडा प्रोफाईलको दोस्रो संस्करण सार्वजनिक गरिएको बताएका छन् । साथै उनले वडामा पारदर्शिता सुशासन कायम गर्न लागि परेको बताएका छन् ।
विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान
सो अवसरमा १० नं. वडा कार्यालयले विभिन्न क्षेत्रबाट वडालाई महत्वपूर्ण योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ । कोरोना भाईरसको महामारि फैलिरहेको बेला खाद्य, राहत साम्रगी उपलब्ध गराउने शिव पौडेल, कर्ण बहादुर बुढा, नेपाली काँग्रेस कोहलपुर नगरकार्य समिति, राधाकृष्ण भजन कृतन समूह, त्रिभुवन नमूना मावि, भवानी बहादुर थापा, जीवन ज्योति स्कुल र तक्षशिला एकेडेमीलाई सम्मान गरिएको छ । त्यस्तै परापुर्व कालदेखि चलिआएको परम्परा आरन पेशालाई जर्गेना गर्ने धनसिंह लुहार, धर्म संस्कृतिको संरक्षण गर्ने इन्द्र प्रसाद दाहाल, थारु सामुदायको संस्कृत संरक्षण गर्ने गोकुल थारु, परम्परागत ग्रामिण सूचना सञ्चार बाहकको गौरैटाको रुपमा सूचना सम्प्रेषण गर्ने सोनु थारुलाई कदर–पत्र सहित सम्मान गरिएको छ ।