२४ घण्टामा २१० कोरोना संक्रमित थपिए, १४६ जना डिस्चार्ज

पिपलबाेट संवाददाता


देशैभर बुधबार नोभेल कोरोना भाइरसका २१० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा   २१० जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या १४६ रहेको उनले जानकारी दिए । उनका अनुसार हालसम्म १४ हजार २१ जना कोरोना निको भएका छन् । कुल कोरोना निको हुने संख्या ७२ दशमलव ७ प्रतिशत रहेको उनले जानकारी दिए ।  पछिल्लो २४ घण्टामा  छ हजार ३७ जनाको आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । क्‍वारेन्टिनमा १४ हजार ४७१ जना रहेका छन् । पछिल्लो सात दिनको कोरोना संक्रमितको तथ्याङकअनुसार साउन ८ गते १४७ जना,साउन ९ गते  १३३ जना संक्रमित साउन १० गते १०९ जना, साउन ११ गते १३० जनासाउन १२ गते १३९ जना ,साउन १३ गते ३११ जना कोरोना संक्रमित थपिएका थिए ।

१४ श्रावण २०७७ मा प्रकाशित
Nabintech