बाँकेमा कोरोनाको जोखिम बढेपछि कोहलपुरमा सचेतनामूलक कार्यक्रम

पिपलबाेट संवाददाता


बाँके जिल्लामा पछिल्लो समय कोरोनाको जोखिम बढेसँगै मास्क वितरण र जनचेतना अभियानलाई तिव्रता दिईएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ग र कोहलपुर उद्योग वाणिज्य संघको टोलिले कोहलपुरमा मास्क वितरण तथा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर उद्योग वाणिज्य संघको अगुवाईमा शुक्रबार सर्वसाधारणलाई मास्क वितरण गर्नुका साथै कोरोना बिरुद्ध सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । कोहलपुर चौराहबाट सुरु भएको सो सचेतनामूलक ¥याली पीपलचौरामा पुगेर कोण सभामा परिणत भएको थियो । सो कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बाँके जिल्लामा लकडाउन खुल्ला भएसँगै कोरोना भाईरस सामुदाय स्तरमा फैलिएको बताउँदै यसबाट बच्नका लागि पुन लकडाउन गर्न लागेको जानकारी दिँदै कोरोना भाईरसबाट बच्नका लागि मास्क लगाउने र स्वास्थ्य सचेतना अपाउन आग्रह गरेका छन् । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले लकडाउनलाई पूर्ण रुपमा पालना गर्दै मास्क लगाउने, साबुन पानिले हात धुने र कोरोना भाईरसबाट बच्नका लागि कोहलपुर नगरबासी सचेत हुन आग्रक गरेका छन् । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले बाँके जिल्लामा पुन लागु हुन लागेको लकडाउनको पूर्ण रुपमा पालन गरी कोरोना भाईरसबाट बच्न आम नागरिक, उद्योगि व्यापारीलाई अनुरोध गरेका छन् । सरोकारवाला निकायका अगुवाले सर्वसाधारणलाई मास्क लगाउन, सामाजिक दुरी अनिवार्य रुपमा पालना गर्न आग्रह गरेका थिए । संघले कोरोना संक्रमण बिरुद्धको अभियानमा सहकार्य गर्दै आएको अध्यक्ष अधिकारीले बताए ।

 

१६ श्रावण २०७७ मा प्रकाशित
Nabintech