चरा संरक्षणमा जुट्दै बाँके बैजनाथका यूवा महेश

राम बहादुर रावत


पछिल्लो समय चरा संरक्षण अभियानले तिव्रता पाएको छ । विभिन्न लोपउन्मुख प्रजातिका चराहरुको संख्या घट्दै जान थालेकोले पन्छी तथा चरा संरक्षणको अभियानमा बाँके बैजनाथ गाउँपालिका वडा नं. १ का महेश खड्का लागि परेका छन् । बाँकेका महेशसँगै सल्यान, जाजरकोट, चितुवान, झापा, धनगढीका यूवाहरु चराको संरक्षणमा लागि रहेका छन् । नेपालमा देनिक १५ सय चराहरु गुलेलीकै माध्यमबाट मारिने काम भईरहेको भन्दै चरा संरक्षणमा चुनौति थपिएको उनले बताएका छन् । साथै वार्षिक पाँच देखि सात लाख सम्म गुलेलीकै माध्यमबाट चराहरु मारिरहेको अवस्थामा जथाभावि गुलेली चलाउन नपाउने गरी नेपालमा कानून निर्माण गर्न आवश्यक रहेको उनी बताउँछन् । राज्यले अब गुलेली चलाउनका लागि लाईसेन्सको व्यवस्था गर्न माग समेत उनले गरेका छन् । भारतबाट अबौं रकम बराबरको वार्षिक गुलेली आयत गरी नेपालका चराहरु मारिने काम भईरहेको बताउँदै भारतबाट आयत हुने गुलेली माथि राज्यले प्रतिबन्ध लगाई नेपालको पर्यटन क्षेत्रको एक महत्वपूर्ण आधार चरा भएकाले सोको संरक्षण गर्न आवश्यक रहेको उनी बताउँछन् । यसका साथै गुलेलीकै प्रयोगबाट धेरै बालबालिकाहरु अपाङग् भईरहेको जानकारी दिँदै चरा संरक्षणसँगै नेपालका बालबालिकाका लागि पनि गुलेली माथि प्रतिबन्ध लगाउन आवश्यक रहेको उनको दावि छ । चरा संरक्षणका अभियन्ता खड्काले चरा संरक्षण किन आवश्यक छ र किन बचाउनुपर्छ भन्ने सन्देश दिनका गुलेली संकलन र प्रतिवन्ध अभियान सञ्चालन गरेको बताएका थिए । बासस्थान र आहारको अभाव तथा जथाभाबी चराहरुको चोरी सिकारी गर्ने गरेका कारण चराहरु संकटमा परेकोले संरक्षणको लागि जनचेतना आवश्यक रहेको उनको भनाई रहेको छ ।

१८ श्रावण २०७७ मा प्रकाशित
Nabintech