दुई चिकित्सकसहित थप १२ जनामा कोरोना संक्रमण

पिपलबाेट संवाददाता


आइतबार जिल्लाका थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा बाँकेका थप सात जनासहित १२ जनाका कोरोना पुष्टि भएको हो ।

जसमध्ये जिल्ला अदालत बाँकेबाट संकलन गरिएको नमूनामध्ये पाँच जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि हुनेहरुमा नेपालगञ्ज वडा न–६ का ४०, वडा न–७ का ५५, वडा न–१८ का ४६, खजुराका २२ र भेरी नगरपालिका वडा न–३ सुर्खेतका गरी पाँच जना पुरुष रहेका छन् ।

यस्तै सेनाको अस्पताल राँझाबाट संकलन गरिएको स्वाबमध्ये नेपालगञ्ज वडा न–२० का ३३ र ३४ तथा गुलरिया नगरपालिका वडा न–५ का २३ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

त्यस्तै सेनाको फि.ए दाङबाट संकलन भएको नमूनामध्ये बोलानगर, सिन्धुलीका ३५ वर्षीय पुरषमा कोरोना देखिएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै खजुरा ६ का ३७ वर्षीय र टिकापुर कैलाली १ का २६ र ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा तीन सय ९० जनाको स्वाब परीक्षण गर्दा पुष्टि भएका १२ जनामध्ये दुई जना चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको छ ।

जसमध्ये एक जना सेनाको अस्पताल राँझाबाट संकलन भएको स्वाब नमूनामध्ये र एक जना टिकापुर कैलालीका हुन ।

१८ श्रावण २०७७ मा प्रकाशित
Nabintech