नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी केही युवाहरु नेपाली काँग्रेसमा प्रबेश गरेको भन्ने हल्लाको नेकपा कोहलपुर नगरपालिका वडा नं. ५ समितिले खण्डन गरेको छ । सामाजिक सञ्जाल र विभिन्न संचारमाध्यममा आएको समाचारहरु प्रती ध्यानाकर्षण भएको नेकपाले जनाएको छ ।
नेपाली काँग्रेस पार्टी प्रवेश गरेका भनिएका जनक बिसि सहित अन्य ६५ जना हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), यसका पुर्ववत पार्टीहरु पुर्व माओवादी केन्द्र र पुर्व एमाले र यसको कुनै भातृ संगठनको साधारण सदस्य समेत नरहेको नेकपा कोहलपुर ५ का अध्यक्ष तिकल सिह कार्की र सचिव देबि प्रसाद भुषालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा पार्टीका साधारण सदस्य समेत नरहेका व्यक्तिलाई नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको भनि गरिएको प्रचार झुटो र कपोलकल्पीत भएको भन्दै भ्रममा नपर्न नेकपा पार्टी पंति र आम जनसमुदायमा अपिल समेत गरिएको छ ।