जोखिम क्षेत्र सिल गर्ने रणनीति तय गर्दै बाँके प्रशासन

पिपलबाेट संवाददाता


कोरोना भाइरस संक्रमणको जोखिम भएको क्षेत्रलाई सिल गरिने रणनीति प्रशासनले लिने तयारी गरेको छ । जिल्लामा कोरोना संक्रमित ब्यक्तिहरु फेला परेको स्थानको वरिपरीको क्षेत्र जस्तै एकललैनी, त्रिभुबन चोक वरीपरी, आन्तरिक राजस्व कार्यालयको वरीपरी र खजुराका केहि ठाँउलाई मात्र सिल गरेर जाने कि भन्ने प्रशासनले तयारी गरेको बाँकेका प्मुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले बताए ।
आज (आइतबार) कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर त्यस किसिमको रणनीतिमा गएर अन्य क्षेत्रलाई सामान्य बनाउन सकिने उपाय बारे छलफल गर्न लागेको जनाए ।
अहिले केन्द्रको बैठक बसिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिए । कोरोनाका बिरामी बढ्दै गएपछि बाँके प्रशासनले शनिबार रातीदेखि तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्ज लगायतका स्थानमा संक्रमण देखिएको भएपनि जिल्लाभर नै निषेधाज्ञा लागु हुँदा अन्यलाई दुःख भएकाले अब सिमित क्षेत्र मात्रै बन्द गर्ने बारे निर्णय गर्न लागेको बुझिएको छ ।
भोली परेको रक्षा बन्धनलाई मध्यनजर गर्दै प्रशासनले निजी सवारी साधन चल्न दिने भएको छ ।

१८ श्रावण २०७७ मा प्रकाशित
Nabintech