कांग्रेस वरिष्ठ नेता पौडेलद्धारा अत्यावश्यक बाहेकका भेटघाट स्थगित

पिपलबाेट संवाददाता



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्यावश्यक भन्दा बाहेका सम्पुर्ण भेटघाट तत्कालका लागि बन्द गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा लिदै आएको कोरोना भाइरसको संक्रमण केहि जिल्लामा समुदाय स्तरमा नै फैलिएको भन्दै सुरक्षित रहनका लागि पौडेलको सचिवालयले अत्यावश्यक भन्दा बाहेका सवै भेटघाट बन्द गरिएको जनाएको छ ।

यद्यपी भर्चुअल बैठक तथा टेलिफोन सम्पर्क भने जारी रहने सचिवालयले जनाएको छ । वरिष्ठ नेता पौडेलले कोरोना भाइरसको जोखिम बढ्न थालेको भन्दै आम नागरिकलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

उनले आम नागरिकमा समाजिक दुरी कायम गर्न, मास्कको प्रयोग अनिवार्य गर्न र साबुनपानीले हात धुनका लागि आग्रह समेत गरेका छन् ।

२० श्रावण २०७७ मा प्रकाशित
Nabintech