बाँकेमा खजुराका ३ जनाले कोरोना जिते

पिपलबाेट संवाददाता


नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाका ३ जना संक्रमितले कोरोना जितेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार मंगलबार डिस्चार्ज हुने तीनै जना खजुरा २ का हुन् । उनीहरुमध्ये २ जना नेपालगन्जको आदर्शनगर आइसोलेसन र एक जना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोसेसनबाट डिस्चार्ज हुन लागेका हुन् ।
बाँके जिल्लामा ४५७ जना संक्रमित रहेकोमा ३ सय ९१ जना डिस्चार्ज भइसकेका छन् । आइसोलेसनमा बाँकेका ६२ र अन्य जिल्लाका १० गरी ७२ जनाको उपचार भइरहेको छ । कोरोनाबाट बाँकेमा २ जनाको ज्यान गएको छ ।

२० श्रावण २०७७ मा प्रकाशित
Nabintech