ईलाका प्रहरी कार्यालय कोहलपुर सिल

पिपलबाेट संवाददाता


ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको छ । प्रहरी कार्यालयमा हरेका एक जना थुनुवामा कोरोना पोजेटिभ देखिएपछि ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए ।
कोरोना देखिए पनि ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरीलाई पुर्ण रुपमा जनसम्पर्कबाट आउट गरिएको चन्दले जानकारी दिए । उनले भैपरि आउने कामका लागि जिल्ला प्रहरी कार्यालयबाट कोहलपुरमा मोवाईट टोलि परिचालन गरिएको जानकारी दिए ।
उनले ईलाका प्रहरी कार्यलय भित्र जाने र बाहीर आउने पुर्ण रुपमा बन्द गरिएको बताए । सम्पुर्ण प्रहरी र थुनुवाहरुको पिसिआर जाँच भई रहेको चन्दले जानकारी दिए । पिसिआर रिपोट पछि के गर्ने भन्ने वारेमा जानकारी गराउने चन्दले वताए ।

२० श्रावण २०७७ मा प्रकाशित
Nabintech