
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय राना अख्तियारको फन्दामा परेका छन् । रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले २ लाख नगद रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।
बुटवल नयाँगाउँस्थित कार्यालयमा कार्यरत प्रमुख रानाले कपिलबस्तु कृष्ण नगरका व्यापरी अनिल कुमार झासगँ घुस वापतको रकम लेनदेन गर्दैगर्दा कार्यलय नजिकको बुद्धचोकबाट पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख डा.भीष्मप्रसाद भुसालले रातोपाटीलाई जानकारी दिए । नियन्त्रणमा लिएका रानालाई काठमाडौँ पठाउने तयारी भइरहेको भुसालले बताए । झा चिनी र गुट्का व्यापारी हुन् ।
२० श्रावण २०७७ मा प्रकाशित