यूवाहरुको प्रमुख एजेण्डा यथास्थीतिवादी र पुरातनवादी सोचको अन्त्य

गोपाल शर्मा


कतिपय मानिसहरुले काँग्रेस यथास्थितिवादी र पुरातनवादी सोचबाट माथि उठ्न सकेना भन्ने आरोप लगाउने गरेका छन् । के साँच्चीकै काँग्रेसले परिवर्तनको एजेण्डा बोकेको छैन्, यसमा आ–आफ्नै तर्क एवम् विचार हुन सक्छन् । तर केवल सतही विश्लेषणबाट मानौं हेरीनु भने उचित हैन् । यदि केहि मानिसले भने जस्तै काँग्रेस अगाडि बढेको भए २००७ साल, २०३६ साल, २०४६ साल एवम् २०६२÷०६३ सालको परिवर्तन र २०७२ मा नेपालको प्राप्त गरेको संविधानको नेतृत्व काँग्रेसकै अगुवाईमा भएको छ । के ति परिवर्तनहरु यथास्थितिवादी थिए त ? भन्ने सवालहरु पनि आम जनतामा नभएको हैन् । २००७ साल पछि जति पनि जनपक्षिय निर्यणहरु भए त्यसमा सवै नेपालका राजनीतिक दलहरुलाई साथमा लिएर स्वयम् काँग्रेसले नेतृत्व लगेको छ र सफल पनि भएको छ । बि.पि. कोइरालाको दुरगामी एवम् प्रगतिशिल विचारबाट काँग्रेसले विभिन्न कालखण्डमा पार्टीलाई सहि दिशामा उभ्याउन नसकेको भने हैन् तर जनस्तरसम्म कति लिन सकिन्छ मुल प्रश्न त्यो हो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, शुशिल कोइराला नेतृत्वमा हुँदा सम्म काँग्रेसले अग्रगामी र प्रगतिशिल दिशाबोध गराउन सक्ने ताकतको सिर्जना गरेको हैन र ? के यि परिवर्तन यदि पुरातन सोच बोकेको भए सम्भव थिए त ? यस्ता प्रमुख सवालहरु खडा गरिएको छ । प्रश्नलाई वर्तमान नेतृत्वले चिर्न नसक्नु यसको कमजोरी हो ।
काँग्रेस प्रगतिशिल विचारहरु हुँदाहुँर्दै पनि किन यथास्थितिवादी भन्ने आरोप जाग्ने गर्छ यो प्रश्नलाई विश्लेषण गर्न हामी कहाँ निर चुकिरहेका छौं । काँग्रेसको इतिहासलाई भजाएर वर्तमानमा छाति फुलाउनेहरुले काँग्रेसको मुल एजेण्डाहरुलाई किन छोड्दै गईरहेका छन् । समयको परिवर्तन र माग अनुसारको काँग्रेसको आगामी नीति तथा कार्यक्रमहरु तय गर्न किन सकिरहेको छैन् । काँग्रेस अहिले नीति, सिद्धान्त र विचारबाट विमुख भएर सत्ता कसरी बचाई राख्ने भन्ने मनोविज्ञानबाट अग्रसर भएको देखिन्छ । काँग्रसका मुल नीति र सिद्धान्त प्रगतिशिल भएता पनि वर्तमान नेतृत्वको व्यवहार पुरातनवादी एवम् यथास्थितिवादी जस्तै देखिने गरेको छ । क्रियाशिल सदस्य बढाउने दाउमा महाधिवेशनको मुखमा आएर केहि झुण्ड मुण्डहरुको प्रवेश गराई इतिहासकै ठुलो काम गरेको जस्तो दम्भ देखाई रहेको छ भने काँग्रेसमा लागेर जीवन विताएका नेताहरुलाई विस्तापित गरिरहेको छ । यस्ता कार्यले काँग्रेस बन्ने भन्दा पनि भत्किने ठुलो डर देखिन्छ । काँग्रेस कार्यकर्तालाई अनुशासन बाध्ने हैन उल्टै साँढे गोरु जस्तै छाडा छोडिएको छ । जसले अन्तरपार्टी संघर्षमा रुझेको विरालो जस्तो स्वभाव देखाउँछ भन्ने आन्तरिक पार्टीमा सिंह बनेर शक्ति प्रर्दशन गर्दछ । यस्ता व्यवहार र प्रवृतिबाट काँग्रेस प्रगतिशिल एजेण्डा बोक्न सक्ने भन्दा पनि पार्टी संचालनमा नै खिया लगाउने देखिन्छ । पार्टी भित्र नविन सोचको एक सञ्चार गराउन अव पुरानो नेतृत्वबाट सम्भव देखिँदैन् त्यसका लागि यूवा पुस्ता अगाडि बढ्नुको विकल्प छैन् । वि.पि. कोइरालाले देखेको नेपाली राजनीतिको मार्गचित्र वर्तमानमा देखिएको पहिलो पुस्ताले कार्यान्वयन गर्न नसक्नु स्वयम विलयको बाटो हुनसक्छ । अmभै पनि काँग्रेसको नेतृत्व पार्टी भित्र सुकिला, मुकिला, दलाली एवम् ठेकेदारी प्रथालाई प्राथमिकता दिने र आफु शक्तिमा जाने बलियो सिढिको रुपमा प्रयोग गरिएको छ भने जसले गाउँ–गाउँमा संगठन निर्माण गरेका छन्, आजीवन काँग्रेसको चार तारे झण्डालाई झुक्न दिएका छैनन् त्यस्ता नेता तथा कार्यकर्ताको सम्मान र कदर गर्न सकेको छैन् । हामीले आफै मञ्चमा भाषण गर्दा प्रजातन्त्रको मसिया काँग्रेस हो भनेर नथाक्ने तर आन्तरिक पार्टीमा निरुङ्कुशता लाद्ने प्रवृत्तिले काँग्रेस प्रति आम कार्यकर्ताले वितृष्णा जनाउन थालेका छन् । यसरी नै काँग्रेस अगाडि बढेमा भोलि गएर प्रजापरिषद् जस्तै हविगत नहोस भन्न सकिदैन् । काँग्रेस इतिहासको गम्भिर मोडमा उभिएको छ । यसबाट सहज अवतरण गराउने कि फेरी इतिहासकै गम्भिर भुल गर्ने यो कठिन अभिभारा यूवा नेतृत्वको काँधमा आएको छ । वि.पि. कोइरालाको विवेक पूर्ण चिन्तन, गणेशमानको अधम्भे साहास, कृष्ण प्रसाद भट्टराईको जस्तो त्याग, गिरीजा प्रसाद कोइराला जस्तो परिस्थिति बुझेर निर्णय गर्न सक्ने क्षमता र शुशिल कोइराला जस्तो सुझबुझको राजनीति गर्न सक्ने क्षमता भएका नेताहरुको नेपाली काँग्रेस पार्टी आज किन जनताको विश्वास जित्न सकेको छैन् हामीले यस बारे निर्मम समिक्षा गर्नुपर्ने अवस्था आएको छ । अब हामी उत्तेजनाबाट हैन विवेक पूर्ण तरिकाले काँग्रेसको विरासत फर्काउनु छ । त्यो सम्भव यूवा पुस्ता बाहेकको नेतृत्वले गर्न सम्भावना भने देखिदैन् । त्यसकारण आजैबाट गहन छलफल थाल्न विलम्ब गर्न हुँदैन् । नेपाली काँग्रेसको नर्सरीको रुपमा हेरिएको नेविसंघको अव अस्तीरपञ्जर बाँकी छ त्यो पनि मक्कीने अवस्थामा पुगेको छ । फेरी छ महिना समय थपिएको छ । यो ढङ्गबाट नेविसंघ कसरी जीवित गर्न सकिन्छ यसको चिन्ता नेतृत्वसँग छैन । यस्तै तरुणदल, महिला संघ एवम अन्य भातृसंस्थाहरुको अवस्था पनि त्यो भन्दा कम छैन, यसरी पार्टीलाई रक्तसञ्चार गर्ने प्रमुख संघसंस्थाहरुमै खिया लागेको बेला कसरी पार्टीलाई बलियो बनाउन सकिन्छ । यिनै कुराको विरोध गर्दै सिंहसनमा पुगेका व्यक्तिहरुको सत्बुद्धि कहिले आउने हो कुन्न नी । यही नेतृत्वलाई काँध थापेका कतिपय नेताहरु नेतृत्वको यो गल्ती र कार्यशैलिलाई देखेर स्वयम् लजित देखिन्छन् । ठोस बैचारिक धारबाट विचलित भएको यो नेतृत्वको पुनारावृत्ति आम काँग्रेसी कार्यकर्तालाई किमार्थ स्वीकार्य छैन् । काँग्रेस प्रति लागेका कतिपय यूवाहरुलाई विषभम्रित गराउँदै शक्तिको ललिपप देखाई मुल सिद्धान्तबाट नै विचलित गराईएको छ । जो स्वयम् काँग्रेसकै लागि प्रतिउत्पादक छ । फेरी हामीले सबै यूवा पूस्ताका व्यक्तिहरु प्रगतिशिल हुन्छन् भन्ने तर्क गर्नु भने पनि त्यो न्यायोचित हुँदैन् । वडा स्तरकै राजनीतिलाई हेर्दा काँग्रेस बनाउने भन्दा पनि आफु पदमा पुग्ने भ¥याङको रुपमा गाउँका कार्यकर्तालाई प्रयोग गर्ने र पदमा पुगिसकेपछि उसको योगदानलाई कुल्चिने प्रवृति हावि भएको देखिन्छ । यस्तो खालको प्रवृक्तिले न दिर्घकालिन राजनीति गर्न सफल हुन्छन् न त काँग्रेसलाई नै बलियो बनाउन सक्छ । त्यस कारण यस्ता खाले व्यवहार प्रवृतिको चिरफार १४ औं अधिवेशनमा गहिरो रुपमा छलफल हुन आवश्यक देखिन्छ । नेतृत्व परिवर्तनसँगै रुपान्तरण गर्न सक्ने व्यक्तित्व वैचारीक धार काँग्रेसको प्रष्ट लाईनमा आउनुको विकल्प छैन् । महाधिवेशनको मुखमा क्रियाशिल सदस्यको सौदाबाजी गर्ने र शक्ति सञ्चय गर्ने प्रक्रियामा देशव्यापीरुपमा वडादेखि केन्द्र सम्म लागि परेका छन् । यसले क्षणिक रुपमा शक्ति आर्जन पनि गर्ला भने कसैले यहि क्रियाशिल मेरो मुठिमा छ भनेर केहिदिन चोकचोकका चिया पसलमा मुठि पनि बजाला तर काँग्रेसलाई भने नविन सोच र कार्यदिशा किमार्थ दिन सक्दैन् । यो अवस्था भनेको काँग्रेस भित्रको वैचारिक छलफलको वैधानिक बाटो भएको हुँदा खुलेर आ–आफ्ना विचार, दृष्टिकोण राख्ने र कार्यकर्ताले जसको विचार र दृष्टिकोण सहि लाग्छ उसैलाई नेतृत्वमा पु¥याउन प्रजातन्त्रीक परिपार्टीलाई खुल्ला गरिनुपर्दछ । काँग्रेस अहिलेसम्मको जीवित भएको भने वि.पी. कोइराला जस्ता महान पुरुषहरुको नैतिकता, वैचारिक चिन्तनले हो । आज काँग्रेसी कार्यकर्ता विवश छन् के काँग्रेस प्रजातन्त्रीक समाजवादलाई स्थापित गर्न ठोस कार्यक्रम स्पष्ट नीति लिन सक्छ ? किन भाषणमा खोक्रा आर्दशहरु बढिरहेका छन् । नेपाली माटो सुहाउँदो प्रजातन्त्रीक समाजवादलाई कार्यक्रमहरु निर्माण गरौं । जनताको बिच किन लिन सकिरहेका छैनौं । यस्ता व्यापक सवालहरु काँग्रेस अगाडि तेस्रीरहेका छन् । यो विषयमा स्पष्ट भिजन भएको नेतृत्व आजको काँग्रेसी कार्यकर्ताले खोजेका छन् । यस कारण यूवा होस् वा वृद्ध प्रगतिशिल विचारसहितको नेतृत्व जसले काँग्रेसलाई साँचिकै परिवर्तन र रुपान्तरण गर्न सकोस । त्यो नेतृत्वको आवश्कता बोध भईरहेको छ । काँग्रेसको दोस्रो पुस्ता भनौं या यूवा पुस्ता दुवैले नेतृत्व सामु स्पष्ट विचार व्यक्त गर्न सक्नु पर्दछ । महि माग्ने, ढुङ्ग्रो लुकाउने प्रवृत्तिले काँग्रेसलाई कहिलै उभो लाग्ने छैन् । स्पष्ट बोलाऊ, सकिन्छ सहमतिमा पहिलो पुस्तालाई सम्मानका साथ बिदाई गरौं सकिँदैन् महाधिवेशनबाटै भए पनि बिदाई गरौं र काँग्रेस बनाउने जिम्मेवारी आफ्नो काँधमा लियौं । पुरातनवादी एवम् यथास्थितिवादी चिन्तनबाट विल्कुल काँग्रेस उर्जाशिल बन्न सक्दैन् । उर्जा बिनाको काँग्रेस न परिवर्तन खोज्न सक्छ न रुपान्तरण ।

२० श्रावण २०७७ मा प्रकाशित
Nabintech