बाँकेमा ईलाका ,वडा प्रहरी र सरकारी कार्यालय सिल

पिपलबाेट संवाददाता


बाँके जिल्लाका विभिन्न सरकारी कार्यलयहरुमा कोरोना संक्रमित देखिन थाले पछि सरकारी कार्यलयहरु क्रमिकरुपमा सिल हुने क्रम वढ्दै गएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्जका १३ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिए पछि कार्यलय सिल गरिएको
छ । यस्तै नेपालगन्ज उपमहानगरपलिकामा एकजना वडा अध्यक्ष सहित ६ जनालाई कोरोना पोजेटिभ देखिए पछि कार्यलय सिल गरिएको छ ।

नेपालगन्ज कारागारमा रहेका ७ प्रहरी सहित ६ जना कैदिमा समेत कोरोना देखिएको छ । कोरोना देखएपछि कैदि र प्रहरीलाई वन्दै गरेको खुल्ला कारागार नौबस्तामा राखिने भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा थुनुवामा रहेका एक जनाको कोरोना पोजेटिभ भए संगै कोहलपुर इलाका प्रहरी कार्यालय पनि सिल गरिएको छ ।

यस्तै वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि वडा प्रहरी कार्यालयलाई सिल गरिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरीबहादुर बस्नेतले मंगलबार आफ्नो कार्यालयका ६ जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि वडा प्रहरी कार्यालयलाई सिल गरिएको बताए ।

यस्तै यातायात कार्यालय, नेपालगन्ज ,जिल्ला अदालतका कर्मचारीहरुमा कोरोना संक्रमण फेला परेका थिए । सरकारी कार्यालय र प्रहरी कार्यालयमा कोरोना संक्रमितहरु भेटिएसंगै कार्यालयबाट प्रबाह गरिने सेवाहरु रोकिएको छ । आन्तरिक राजस्व कार्यालयलाई भने आइसोलेसनको रुपमा परिणत गरिएको छ । यस्तै कारागारमा पनि कारोना संक्रमित भेटिएपनि भेटघाट र अन्य ब्यक्तिलाई प्रबेश निषेध गरिएको छ । बाँकेमा आज सम्म ४ सय ७० जनामा कोरोना पुष्टि भएको छ ।

२१ श्रावण २०७७ मा प्रकाशित
Nabintech