कोहलपुरमा लकडाउनलाई थप कडाई गरिने

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा लकडाउनलाई थप कडाई गरिने भएको छ । बाँके जिल्लामा सामुदाय स्तरमा कोरोना भाईरस संक्रमण भईसकेको अवस्थामा कोहलपुरलाई सामुदाय स्तरमा कोरोना भाईरस संक्रमण हुनबाट बचाउनका लागि कोहलपुर नगरपालिकाले बुधबार सर्वपक्षिय बैठक गरी लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ ।  सर्वपक्षिय बैठकमा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुररावतले बाँकेका अन्य स्थानिय तहमा कोरोनाको भयाभह अवस्था आईरहेको जानकारी दिँदै कोहलपुरमा कोरोना भाईरसका संक्रमित भईसकेको अवस्थामा थप सजकता अपनाउनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेकपा कोहलपुर अध्यक्ष बसन्ती अधिकारीले लकडाउनमा बजार क्षेत्र केहि बन्द भए पनि ग्रामिण क्षेत्रमा पसलहरु खुल्ला हुँदा कोरोना भाईरसको उच्च जोखिममा कोहलपुर रहेको बताईन् । नेपाली काँग्रेस कोहलपुरका नगर सभापति बलराम शर्माले कोरोना भाईरसबाट बच्नका लागि वडा स्तरमा रहेका विभिन्न वडा कमिटिहरुलाई सक्रिय बनाई आम जनताका थप सचेतनामूलक सन्देश दिनुपर्ने बताउँदै कोहलपुर भाईरसका विरुद्ध सबै एक भएर लाग्नुपर्ने बताएका छन् । कोहलपुर नगरपालिकाका केही वडा र इलाका प्रहरी कार्यालय कोहलपुरमा थुनुवामा कोरोना भाइरसको पुष्टी भएपछी कोहलपुरमा रहेका सरोकारवालाहरु संग राय सुझाब सहित आगामी दिनमा कसरी अगाडी बढ्ने विषयमा वृहत छलफल भएको थियो ।

२१ श्रावण २०७७ मा प्रकाशित
Nabintech