टाउन स्पोट्र्स क्लव’ गठन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा टाउन स्पोट्स क्लब गठन गरीएको छ । कोहलपुर न्यूरोडका खेलप्रेमीहरुको भेलाले भुपाल ओलीको अध्यक्षतामा क्लब गठन गरेका हुन । जसको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र उप्रेती (उमेश), उपाध्यक्षमा भुवन घिमिरे, महासचिवमा प्रदिप भट्टराई, उपमहासचिवमा राजेश रोकाअ र कोषाध्यक्षमा जीवन धिताल चयन भएका छन । त्यसैगरी सदस्यहरुमा बिनोद शर्मा, बिकास पौडेल र अनुराग ओलीलाई चयन गरीएको छ ।

कोहलपुर ११ नं. वडा कार्यालयको पछाडी रहेको चिल्ड्रेन पार्कको संरक्षण सम्वद्र्धन गर्नुका साथै खेलकुद गतिविधिहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले क्लब गठन गरीएको क्लबका महासचिव प्रदिप भट्टराईले जानकारी दिए । पार्कभित्र क्लबका पदाधिकारीहरुको पहलमा व्याडमिन्टन कोर्ड समेत निर्माण गरीएको र पार्कको स्तरोन्नतीकालागि थप प्रयास सुरु गरीएको भट्टराईले बताए ।

चिल्ड्रेन पार्क ब्यवस्थापन समितिका संयोजक चण्डी प्रसाद गैरेको प्रमुख उपस्थितीमा गठन गरीएको क्लबको सल्लाहकारहरुमा व्याडमिन्टन क्लब कोहलपुरका अध्यक्ष गणेश कोईराला, चण्डी गैरे, उमेश गुरागाँई र मनोज आचार्यलाई चयन गरीएको भट्टराईले जानकारी दिए ।

२२ श्रावण २०७७ मा प्रकाशित
Nabintech