कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

पिपलबाेट संवाददाता


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको हो । ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

यस्तै मोरङको विराटनगर महानगरपालिका ४५ पुरुषको पनि कोसी अस्पतालमै साउन २१ गते उपचारका क्रममा मृत्यु भएको हो ।

सर्लाहीको मलंगवा ८ का ६५ वर्षिया वृद्धाको साउन २१ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको उनले बताए ।

यस्तै धनुषा मिथिला नगरपालिका १० का ७२ वर्षिया वृद्धाको साउन १७ गते उपचारका क्रममा ओम अस्पतलामा काठमाडौंमा मृत्यु भएको हो ।

दम उच्च रक्तचापका विरामी उनमा निमोनियाको पनि समस्या थियो ।यस्तै सप्तरीका ४२ वर्षिय पुरुषको साउन २१ गते निधन भएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

बिहीबार नेपालमा ३ सय ६० जना जना कोरोना भाइरस संक्रमित थपिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । आज ६ हजार ६ सय २२ गरी आजसम्म ४ लाख १९ हजार ५ सय ७५ जनाको पीसीआर परीक्षण भएको छ ।

बिहीबार ३ सय ३३ जना संक्रमित डिस्चार्ज भएका छन । आजसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ रहेको छ । प्रदेश नम्बर १ मा ९ सय ३७, प्रदेश नम्बर २ मा ३ हजार २ सय ३४ र बागमती प्रदेशमा ५ सय ९१ जना डिस्चार्ज भएका छन । यस्तै गण्डकी प्रदेशमा १ हजार ३ सय ६२, प्रदेश नम्बर ५ मा ४ जहार ९७, कर्णाली प्रदेशमा १ हजार ७ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ३ सय ९१ जना संक्रमित निको भएर डिस्र्चाज भएका छन ।

देशभरीका क्वारेन्टिनमा ९ हजार ४ सय ७० जना रहेका छन । प्रदेश नम्बर १ मा १ हजार ६ सय ५०, प्रदेश नम्बर २ मा १ हजार २ सय ८, बागमती प्रदेशमा ७ सय ८४ र गण्डकी प्रदेशमा २ हजा ५ सय ६४ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हनजार ३ सय १२, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २६ जना क्वारेन्टिनमा रहेका छन् ।

२२ श्रावण २०७७ मा प्रकाशित
Nabintech