पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक

पिपलबाेट संवाददाता


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ ।  उनका पिता खड्ग बहादुर बस्नेतको ८४ वर्षको उमेरमा गए राति त्रिविवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो ।

उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए । उनको शव आजै गृहजिल्ला बाह्रबिसे ल्याइ र दाहसंस्कार गरिने कांग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिए ।

२३ श्रावण २०७७ मा प्रकाशित
Nabintech