रियललाई पुनरागमन गर्ने मौका

पिपलबाेट संवाददाता


च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस ला लिगा च्याम्पियन टोली रियल मड्रिडले आज (शुक्रबार) राति प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दै छ ।

पहिलो लेगमा आफ्नै घरेलु मैदानमा सिटीसँग २-१ गोल अन्तरले पराजित भएको रियल दोस्रो लेगको खेल सिटीको घरेलु मैदानमा खेल्दै छ । ला लिगा च्याम्पियन भइसकेको रियल यो सिजन च्याम्पियन्स लिग पनि जित्ने योजनामा छ ।

पहिलो लेगमा पराजित भएको रियललाई दोस्रो लेगमा जित निकाल्ने मौका छ । रियलले दोस्रो लेगमा बराबरी खेलमा सीधै अन्तिम १६ बाट बाहिरिनेछ । तर, सिटीले बराबरी खेलेमा अवे गोलको आधारमा उसको जित पक्का छ । सिटी १-० गोलले पराजित भए पनि उसले अघिल्लो चरणमा स्थान बनाउनेछ ।

यता रियललाई जित मात्र आवश्यक छ । विश्व फुटबलका उत्कृष्ट प्रशिक्षकहरुको रोमाञ्चक प्रतिस्पर्धा भने हेर्न बाँकी छ ।

२३ श्रावण २०७७ मा प्रकाशित
Nabintech