लायन्स क्लब अफ कोहलपुरद्धारा सचेतना कार्यक्रम

पिपलबाेट संवाददाता


बाँके कोहलपुर नगरपालिका वडा नं. १३ मा कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । लायन्स क्लब अफ कोहलपुर, लायन्स सयपत्री, लायन्स ग्रिनसिटीको संयुक्त आयोजनामा आज कोहलपुर नगरपालिकाका वडा नं. १३ मा विभिन्न टोलहरुमा कोरोना भाईरसम्बन्धी सचेतना कार्यक्रम तथा केहि टोलका सर्वसाधारणलाई मास्क वितरण कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रबन्धक निर्देशक सुरेश कनौडियाले कोरोना भाईरस संसार भरी फैलिएको, शहरमा मात्र कोरोना नभएर गाउँमा पनि संक्रमण हुने हुँदा सबै सचेत हुन आग्रह गर्दै ८० प्रतिशत कोरोनाका विरामीमा लक्षण नदेखिने भएकाले सजकता अपनाउन आग्रह गरेका छन् ।
नेपालमै कोरोना भाईरसको संक्रमण ढिला आएको बताउँदै अब गाउँका मानिस सचेत नभएको खण्डामा गाउँमा कोरोनाको संक्रमम उच्च जोखिम भएकोले गाउँका मानिसले सचेत नभए भयाभह स्थिति आउने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष ओम प्रकाश वलीले स्थानिय सरकारले कोरोना भाईरसबाट बच्नका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु गरिरहेको जानकारी दिँदै गाउँका जनताहरुले कोरोनालाई समान्य रुपमा लिएको प्रति चिन्ता व्यक्त गर्दै कोरोना भाईरसलाई सामान्य रुपमा नलिन आग्रह समेत गरेका छन् । कार्यक्रममा कोहलपुर लायन्स क्लबका अध्यक्ष नविन निश्चल आचार्य लगायत लायन्स क्लबसँग आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

२३ श्रावण २०७७ मा प्रकाशित
Nabintech