कोहलपुरका १३ सहित बाँकेका ४९ जनामा कोरोना पुष्टि

पिपलबाेट संवाददाता


नेपालगञ्जको भेरी अस्पतालमा रहेको कोरोना परिक्षण ल्यावमा पछील्लो २४ घण्टामा आरटि पिसिआर बिधिद्धारा गरिएको परिक्षणमा बाँकेका ४९ जनामा कोरोना पोजेटिभ भएको पाइएको छ ।

भेरी अस्पतालका अनुसार पछील्लो २४ घण्टामा ३१२ जनाको परिक्षण गरिएकोमा ५१ जना ब्यक्तीको कोरोना पोजेटिभ भएको  छ । बाँकेको नेपालगञ्ज क्षेत्रका मात्र ४९ जना कोरोना संक्रमित रहेका छन भने बर्दिया र रुकुमबाट आएको नमुनाहरुमा १ र १ जना कोरोना संक्रमण भएको पाइएको छ ।

नयाँ संक्रमितहरुमा जानकी ५ र खजुरा ४ का १ र १ जना, कोहलपुरका १३ जना र नेपालगन्जका ३३ जना रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुर वडा नं. १ का ८ जना, २ का २ जना, ४ का २ जना, ५ का १ जना र ११ का २ जना रहेका छन । बाँकेका दुई जना भनिएको छ ।  कोहलपुरका संक्रमितहरुमध्ये ५ जना महिला र १० जना पुरुष रहेका छन । त्यसैगरी नेपालगन्जका १४ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

भेरी अस्पतालमा हालसम्म १३ हजार ६ सय ८ जनाको आरटिपिसिआर बिधिद्धारा कोरोना परिक्षण गरिएकोमा बाँकेमा ५ सय ४७ जना पोजेटिभ भएकोमा ३ सय ९४ जना निको भएर घर फर्किसकेका छन ।

२४ श्रावण २०७७ मा प्रकाशित
Nabintech