कोहलपुरका ५ सहित बाँकेमा २० जनामा संक्रमण

पिपलबाेट संवाददाता


शनिबार बाँकेका थप २० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जका अनुसार बाँकेको कोहलपुर र नेपालगन्जबाट संकलन गरीएको स्वाव परिक्षण गर्दा २० जनामा संक्रमण देखिएको हो ।

नयाँ थपिएका संक्रमितहरुमध्ये कोहलपुर नगरपालिका वडा नं. ५ का १ जना पुरुष र वडा नं. ११ का ३ जना पुरुष रहेका छन भने नेपालगन्जका ६ जना महिला र १० जना पुरुष रहेका छन ।

भेरीकै परिक्षणमा बर्दियाका दुई जना महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । बाँसगढी र गुलरीया ५ का दुई महिलामा कोरोना संक्रमण देखिएको हो ।

२४ श्रावण २०७७ मा प्रकाशित
Nabintech