नेपाली काँग्रेस बाँकेका यूवा नेता “बि.पी. कोइराला युवा नेतृत्व विकास मञ्च” बाँकेको अध्यक्षमा भिम प्रसाद पौडेल मनोनित भएका छन् । कोहलपुर निवासी यूवा नेता पौडेल बाँकेको अध्यक्षमा नियुक्ति भएका छन् । बिपी कोइरालाको विचारलाई आजको जीवन सापेक्षतामा गतिशिल ढंगले बुझ्ने, विश्लेषण गर्ने र भावि पिढिको सपनासँग एकाकार गर्ने गुरुत्तर दायित्वजानको यूवा पंक्तिले निर्वाह गर्न र लोकतन्त्रमा विश्वास राख्ने, लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने, लोकतन्त्रमा नै सम्मुन्नत नेपालको सपना देख्ने यूवाहरुको नेतृत्व एवम् व्यक्तित्व विकास गर्ने साझा चौतारीको रुपमा बि.पी. कोइराला यूवा नेतृत्व विकास मञ्चलाई लिईएको छ । संगठनले दिएको जिम्मेवारी आफुले सफलता पूर्वक सम्पन्न गर्ने अध्यक्ष पौडेलले जानकारी दिएका छन् । यूवा नेता पौडेलले बिपीको बिचारलाई सबैले आत्मासाथ गरि आधुनिक नेपाल निर्माण गर्न सबै लाग्नुपर्ने समेत बताएका छन् ।