नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विभिन्न केन्द्रीय विभागहरु विस्तार गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम केन्द्रीय विभागहरु यसअघि नै प्रमुख तोकिएका विभिन्न विभागहरुमा उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मनोनित भएका विभागका उपप्रमुख, सचिव र सदस्यहरुको नामावली आइतबार अबेरराति सञ्चार माध्यमहरुलाई उपलब्ध गराएका हुन् । यसै अनुसार बाँके जिल्ला वाट विभिन्न विभागहरुमा विभिन्न नेताहरु पेरका छन् । शिक्षा विभागमा बाँके वाट राकेश श्रीवास्तव पेरका छन् । यातायात व्यवसायी समन्वय विभागमा यमवहादुर खड्का परेका छन् । मुस्लिम विभागमा खलिल खाँ पेरका छन्। तराई–मधेश समन्वय विभागमा दुखीराम लोनिया पेरका छन् । वन,वातावरण तथा विपत व्यवस्थापन विभागमा नर वहादुर मल्ल पेरका छन् । वित्तीय तथा सहकारी संस्था समन्वय विभाग देव वहादुर केसी पेरका छन् । स्थानिय तह समन्वय विभागमा कृष्ण कार्की परेका छन् । खेलकुद विभागमा बिजेन्द्र हमाल पेरका छन् । बाँके वाट संगठन विभाग , संघीय ममिला तथा प्रदेश समन्वय विभाग ,निर्माण व्यवसायी समन्वय विभाग ,तरुण विभागमा बाँके वाट कुनै पनि पेरका छैनन् ।