रोनाल्डो बने युभेन्टसको सर्वोत्कृष्ट खेलाडी

पिपलबाेट संवाददाता


एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आफ्नो क्लबको सर्वोत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) घोषित गरेको छ ।

क्लबको समर्थकको मतका आधारमा प्रदान गरिने अवार्डमा रोनाल्डोले अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई पछि पारेका हुन् । युभेन्टसले लगातार नवौं पटक इटालियन सिरी ए को उपाधि जित्दा रोनाल्डोले टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडी थिए । उनले लिग अवधिभर ३१ गोल गर्दै क्लबका लागि विभिन्न कीर्तिमान समेत राखे । उनी क्लबका लागि एकै सिजनमा ३० भन्दा बढी लिग गोल गर्ने पहिलो खेलाडी समेत बनेका थिए । अघिल्लो साता युभेन्टसकै फरवार्ड पाउलो डिबाला लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । युभेन्टसको उपाधि जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका डिबालाले आफ्नै क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सो उपाधि हासिल गरेका थिए  गत सिजन भने युभेन्टसले उपाधि जित्दा रोनाल्डो लिगकै मस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए यस सिजन डिबालाले युभेन्टसका लागि सबै प्रतियोगितामा १७ गोल गरेका । उनले गोलसँगै युभेन्टसको आक्रमणमा सिर्जनात्मक भूमिका निर्वाह गर्दै एक दर्जन बढी असिस्ट पनि दिएका छन् । यता लिग उपाधि जित्ने क्रममा ३१ गोल गरेका रोनाल्डो भने लिगले प्रदान गर्ने विधागततर्फ पनि कुनै उपाधि जित्न सकेनन् 

रोनाल्डोलाई गोल्डेन बुट दौडमा पछाडी पारेका लाजियोका फरवार्ड चिरो इम्मोबिलेले उत्कृष्ट फरवार्डको उपाधि जिते  उनले लाजियोको आक्रमण सम्हाल्दै ३६ गोल गरेका थिए  उनले बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै युरोपेली गोल्डेन बुट समेत जिते लिगको उत्कृष्ट गोलरक्षक युभेन्टसका वोजचिएक सेचेज्नी घोषित भए  उत्कृष्ट डिफेन्डरमा इन्टर मिलानका स्टेफान डी भ्रिज चुनिए  एटलान्टाका कप्तान पापु गोमेजले उत्कृष्ट मिडफिल्डरको अवार्ड पाए  युभेन्टसबाट लोनमा रहेर पार्माबाट खेलिरहेका मिडफिल्डर डेजान कुलुसेभ्सकीले उत्कृष्ट युवा खेलाडीको उपाधि जिते 

२६ श्रावण २०७७ मा प्रकाशित
Nabintech