पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । कीर्तिपुर–२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको छ । निमोनिया र मधुमेहका विरामी यनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो र, उनको सोमबार विहान निधन भएको हो । यसैगरी वीरगञ्जको कोरोना विशेष अस्पताल, गण्डकमा उपचारका क्रममा आइतबार मृत्यु भएकी वीरगञ्ज–१५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मृत्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिका–५ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने धनुषाको अपेडट हुन बाँकी भएकाले ७९ मात्र देखिएको छ