बाँकेमा आज १० जना थपिए, संख्या पुग्यो ६६७

पिपलबाेट संवाददाता


बाँकेमा आज बुधबार १० जनामा कोरोना संक्रमण देखिएको छ । कोहलपुरका ४ जना (कौशिला नगर ब्यारेकमा रहेका सैनिक) , नेपालगन्ज उपमहानगरपालिकाका ४ र खजुराका २ जनामा केरोना संक्रमण भएको स्वास्थ्य कार्यालय नेपालगन्ज्का फेकल पर्सन नरेश श्रेष्ठले बताए । बाँकेमा समुदाय स्तरमा कोरोना फैलिए संगै संक्रमितहरुको संख्यामा पनि बृद्धि भैरहेको छ । बाँकेमा जम्मा कोरोना संक्रमितको संख्या ६ सय ६७ जना, निको भए रघर फर्कने को संख्या ४ सय ५ जना र उपचाररत २ सय ५९ जना रहेका छन भने बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

२८ श्रावण २०७७ मा प्रकाशित
Nabintech