सिन्धुपाल्चोक जिल्ला को जुगल गाँउपालिका–२ लिदीमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परे पनि सनाखत भने सात जनाको मात्र भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफलेले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले निरन्तर खोजी कार्य जारी राखेका छन् । ‘पुरिएको अवस्थामा आठ वटा शव भेटिएको छ ।’ जुगल गाँउपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो । पहिरोले घर पुरेको छ । पहिरोले लिदी गाँउका ३७ घरमा क्षति पु¥याएको छ ।
पहिरोमा परी घाईते भएका एक जना काठमाडौंमा उपचार गराईरहेका छन् भने अरु सदरमुकाम चौतारामा उपचार गराईरहेका छन् । पहिरोमा परी नौ जना घाईते भएका छन् । आठ जनाको शव फेला परे पनि प्रहरीले सनाखत गरेको छैन ।
गृहमन्त्री र सभामुख घटनास्थलमा
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र गहृमन्त्री रामवहादुर थापाले गहिरोको स्थलगत अनुगमन गर्नुभएको छ । सभामुख सापकोटाले आफू आएको हेलिकप्टरवाट घाईतेको उद्धार समेत गर्नुभयो । गृहमन्त्री थापा दिँउसो ३ः३०मा राहत तथा उद्धारका सामाग्री सहित घटनास्थल पुग्नुभएको हो । -गोरखापत्रअनलाईनबाट