कोहलपुर उद्योग वाणिज्य संघद्धारा ध्यानाकर्षण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाले साउन ३२ गतेदेखि भदै ५ गतेसम्म सरकारी, गैरसरकारी संघसंस्था, उद्योग, व्यवसाय वित्तिय संघसंस्था बन्द गर्ने निर्णय प्रति कोहलपुर उद्योग वाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी र महासचिव तेज प्रसाद अधिकारीद्धारा जारी गरिएको ध्यानाकर्षण पत्रमा कोहलपुरको बजार मात्र बन्द गर्दा र नेपालगञ्जको बजार खुल्ला गर्दा कोहलपुरको व्यवसाय धरासायी हुने भन्दै संघले सात बुँदे ध्यानाकर्षण पत्र जारी गरेको छ । सो पत्रमा कोरोना भाईरस संक्रमित को कुनै निश्चित समय सिमा नभएकोले, एउटै जिल्लामा कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा फरक फरक निर्णयहरु भएकोले, यातायातका साधनहरु टेम्पो, मोटरसाईकल, साईकल, ई–रिक्सा, अटो लगायत सम्पूर्ण सवारी साधनहरु पूर्ण रुपमा बन्द नभएकोले, नेपालीहरुको नजिकिदैँ आएको चाडपर्वलाई मध्येनजगर नगरी निर्णय गरिएकोले, बैंक ब्याज, घर बहाल कर र व्यवसायिक कर सम्बन्धमा स्थानिय सरकारबाट कुनै पहल नगरिएकोले, २०७७ साउन ३१ गते कोहलपुर नगरपालिकामा भएको सर्वपक्षिय बैठकमा कोहलपुर उद्योग वाणिज्य संघको सुझावलाई सम्बोधन नगरिएकोले र कोहलपुर क्षेत्रमा निर्माणधिन सरकारी तथा नीजि क्षेत्रका निर्माण कार्यहरु भईरहेकोले साउन ३२ गतेदेखि नै पूर्ण रुपमा कार्यान्वय नभएमा भदौ १ देखि सम्पूर्ण उद्योग व्यवसाय खुल्ला गरिने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

३१ श्रावण २०७७ मा प्रकाशित
Nabintech