औद्योगिक सुरक्षा गुल्मका १५ सशस्त्रसहति २० जनामा कोरोना

पिपलबाेट संवाददाता


बाँकेमा आइतबार थप २० जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको परीक्षणमा सडक विभाग परिसरमा रहेको सशस्त्र प्रहरी बल, औद्योगिक सुरक्षा गुल्मका १५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। आइतबार कोरोना पुष्टि भएकामध्ये ग्लोबल आइएमई बैंक कोहलपुरका दुई र एक जना नेपालगन्जमा कार्यरत कर्मचारी भएका उनले बताए । कोहलपुर–११ का संक्रमित नेपाल प्रहरीका डिएसपीका सवारी चालक भएको बताउँदै उनले एक जना संक्रमित खजुरा गाउँपालिका–६ का भएको बताए।  ग्लोबल आइएमई बैंक, नेपालगन्ज शाखामा कार्यरत २० जना कर्मचारीमा यसअघि नै कोरोना पुष्टि भइसकेको छ । बाँकेमा सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको यो पहिलो केस भएको श्रेष्ठको भनाइ छ।

३२ श्रावण २०७७ मा प्रकाशित
Nabintech