बाँकेका थप ४ जनामा कोरोना संक्रमण

पिपलबाेट संवाददाता


बाँकेमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार बाँकेका थप ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नेपालगन्ज २ का ३७ बर्षिया महिला, ३ का २८ बर्षिया महिला, ५ का ६२ बर्षिय पुरुष र कोहलपुरका ३८ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सङ्गै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ७ सय ३४ पुगेको छ ।

१ भाद्र २०७७ मा प्रकाशित
Nabintech