बाँकेका १३ जनाले कोरोनालाई जितेका छन । कोरोना संक्रमण देखिएपछि कृषि तालिम केन्द्र खजुराको आईसोलेशन सेन्टरमा उपचार गराईरहेका १३ जना संक्रमणमुक्त भएका हुन । संक्रमणमुक्त भएसँगै आजै उनिहरुलाई डिस्चार्ज गर्ने तयारी गरीएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यसरी डिस्चार्ज हुनेमा नेपालगन्ज कारागारका २ महिलासहित ७ कैदी र वडा प्रहरी कार्यालय नेपालगन्जका ६ जना प्रहरी रहेको छन । कोरोना संक्रमण देखिएपछि उनिहरु सबैलाई २० साउनमा कृषि तालिम केन्द्र खजुराको आईसोलेशन सेन्टर राखिएको थियो । १८ दिने क्वारेन्टईन बसाई पुरा गरी उनिहरु डिस्चार्ज हुन लागेका हुन ।
यो सँगै बाँकेबाट कोरोनामुक्त भई डिस्चार्ज हुनेको सँख्या ४ सय ६८ पुगेको छ । बाह्य जिल्लाका ४ जनासहित अझैं २ सय ६७ जनाको विभिन्न आएईसोलेशन सेन्टरमा उपचार भईरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।