नेपालगञ्जका स्वास्थ्य संस्थाहरुमा पुग्यो अत्यावश्यक औषधी

पिपलबाेट संवाददाता


नेपालगञ्ज उपमहानगरपालिकाले नगरका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी उपलब्ध गराएको छ ।

नगर स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले सूचिकृत ४० प्रकारका अत्यावश्यक औषधीसहित अन्य कार्यक्रम अनुसारका औषधीहरु स्वास्थ्य संस्थामा पठाइएको जानकारी दिनुभयो ।

यस पटक एकैसाथ ४० प्रकारका औषधी स्वास्थ्य संस्थामा पठाइएको छ । स्वास्थ्य संस्थामा पठाइएका औषधी नि :शुल्क विरामीहरुलाई उपलब्ध गराइनेछ ।

नेपालगञ्जमा ११ वटा स्वास्थ्य चौकी र ११ वटा आधाभुत स्वास्थ्य केन्द्र छन् । बर्षायाममा महामारी फैलिन नदिनका लागि उपमहानगरपालिकाले सावधानी अपनाउँदै सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी पठाएको हो ।

चन्दले कोभिड–१९ बारे उच्च सतर्कता अपनाउन समेत सबै स्वास्थ्य संस्थामा आग्रह गरिएको बताउनुभयो ।

२ भाद्र २०७७ मा प्रकाशित
Nabintech