कोहलपुर नगरपालिकाका कोरोना संक्रमित एक व्यक्ति सम्पर्क बिहीन भएका छन् । नेपालगञ्जमा स्वाब संकलन गर्दा कोहलपुर १२ ठेगाना लेखाएका व्यक्तिको पोजेटिभ रिपोर्ट आएसँगै उनि सम्पर्क बिहीन भएका हुन् ।
कोहलपुर वडा नम्बर १२ चपरगौडी क्षेत्रमा बस्दै आएका उनि वाईरिङ्गको काम गर्दै आईरहेको बुझिएको छ ।
सम्पर्क बिहीन भएका उनिको खोजीकालागी वडाका जनप्रतिनीधि र प्रहरी परिचालन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन । नेपालगञ्जमा स्वाब संकन पछि कोरोनाको संक्रमण देखिएका उनि भारतीय मुलका भएकाले भारत प्रवेश गरेको वा नेपालगञ्जमा आफन्तको घरमा लुकेको हुन सक्ने अनुमान गरिएको छ ।
८ भाद्र २०७७ मा प्रकाशित