बाँकेका आज १४ जना कोरोना जितेर डिस्चार्ज हुँदै

पिपलबाेट संवाददाता


बाँकेका १४ जना कोरोनालाई जितेर आज घर फर्किने भएका छन् ।

बाँकेको विभिन्न आइसोलेसन सेन्टरहरुमा रहेका कोरोना संक्रमितहरु कोरोना जितेर आज डिस्चार्ज हुने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जनाएका छन् ।

बाँकेमा कोरोना संक्रमणको दर बढी रहेको समयमा बाँकेमा ठुलो संख्यामा कोरोना जितेर घर फर्कने संख्या समेत उत्तिकै छ ।

८ भाद्र २०७७ मा प्रकाशित
Nabintech