विश्वमा पूँजिवादको चरम विकासको अर्थतन्त्रमा ठुलो असमानता पैदा भएको देखिन्छ । सिमित पूँजिपतिहरुले ठुलो मात्रामा श्रमिकहरुको शोषण गर्दा श्रमिकहरुको अवस्था ज्यादै भयाभह बढ्दै गएको छ । विशेष गरी शोषित पीडित किसान मजदुर श्रमिकहरुको दर्दनाक र कष्टकर अवस्थाबाट उत्पन्न मानव सम्वेदनाले कार्लमाक्र्सलाई मुक्तिको बाटो खोज्न प्रेरित ग¥यो । माक्र्सले सर्वप्रथम इतिहासको भौतिक व्याख्या गर्दै विश्वलाई वर्ग संघर्षको संज्ञा दिए । माक्र्स र एन्गेल्स जस्ता बहुचर्चित दार्शनिकले आफ्नो नेतृत्वमा संसारका श्रमिक मजदुर र किसानहरुलाई एकताको आह्वान गर्दै उनीहरुलाई मुक्तिका लागि उपयुक्त हतियारको रुपमा कम्प्युनिष्ट घोषणा पत्र प्रकाशित गरि पूँजिपति वर्ग विरुद्ध हिंस्सात्मक आन्दोलनका कार्यक्रम घोषण गरे । माक्र्स र एन्गेल्सकै समयमा पनि पुँजिपति वर्ग विरुद्ध हिंस्सात्मक संघर्ष वा शान्तिपूर्ण संघर्ष भन्ने विषयमा विवाद पनि नभएको होइन । समाजवादलाई लोकतान्त्रिक ढङ्गले लागु गर्ने वा अधिनायकवादी ढङ्गले लागु गर्ने विषयमा विवाद निरन्तर चलिरहेको थियो । माक्र्सवादी साम्यवाद र प्रजातन्त्रवादी बिच ठुलो सैद्धान्तिक मत भेद पनि देखिदैन् । तर लोकतन्त्रको प्रश्नलाई साम्यवादीहरुले स्वीकार गर्न नसक्नु र लोकतन्त्रवादीहरुले लोकतन्त्र बाहेकको समाजवादलाई स्वीकार नगर्नु भन्ने सैद्धान्तिक बहसको विषय बनेकोछ । यस विषयमा बी.पि. कोइरालाको आफ्ना सटिक विश्लेषण थियो । जसमा बी.पि. कोइरालाले साम्यवाद र समाजवादको फरकलाई विश्लेषण गर्दै “साम्यवादमा प्रनजातन्त्र थपियो भने समाजवाद हुन्छ, समाजवादमा प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ ।” समाजवाद र साम्यवाद बिचको फकरलाई बीपिले बडो रणनैतिक रुपले विश्लेषण गर्दै लोकतन्त्रिक समाजवादको विश्लेषण गरेका छन् । नेपालको सन्दर्भमा साम्यवादको मसिया ठान्ने कम्प्युनिष्टहरुमा कथित पूँजिलाई संकलन गर्दै धनाड्य बन्ने र सर्वहारा वर्गलाई आश्वासनले बाध्ने काम गरिरहेका छन् । जसलाई अर्थ विहिन राजनीतिकको रुपमा हेर्न सकिन्छ । नेपालमा कम्प्युनिष्ट चरित्र देखाएजस्तो गर्ने र सर्वहारा वर्गको नाममा उनीहरुको काँधमा टेकेर आफ्नो राजनैतिक अभिष्ट पुरा गर्ने तर्फ केन्द्रित देखिन्छन् र लोकतन्त्रका आधार स्तम्भहरु माथि प्रहार गर्दै दिवा सपना बोकिरहेका छन् । माक्र्सले वितरणको सन्दर्भमा के भनेका छन् भने आर्थिक विकास नभएसम्म समानताको कुरा गर्नु भनेको परलोकको कथा भने जस्तो हुन्छ । पूँजिवादको इतिहासिक महत्वपूर्ण भूमिका व्यक्तिगत स्वामित्वको आधारमा पुँजिको विकास र त्यसद्धारा उद्योग धन्दाको विकास गर्न सकिन्छ । आर्थिक विकासको अनिवार्य सर्तबाट नउम्किन सोझै समाजवादका लागि प्रयत्नशिल हुने प्रक्रियाले सन्तोष त देला तर यस्तो केवल कोरा भावुकता मात्र हो । गरिवको विभाजन र कंगालीको वितरण समाजवाद होइन । यस्तो वितरण प्रणालीले दरिद्रतालाई झन बढि मलजल गर्ने प्रमुख कारण बन्न सक्दछ । पूँजिपति व्यवस्थाको सबैभन्दा ठुलो देन उत्पादनको यन्त्रमा व्यक्तिगत भन्दा बढि पुँजीको संञ्चय गराउने प्रणालीको स्थापना गर्छ । माक्र्सले यसै कारण सभ्यताको विकासको क्रममा पूँजिवादको एउटा क्रान्तिकारी भूमिकालाई स्वीकार गरेका छन् । सामान्ती गतिहिनता र त्यसको उत्पादनको अवरुद्धताबाट समाजलाई पूँजिवादले उद्धार गरेर पूँजि उपर पूँजि विकासलाई असम्भव स्तरसम्म पु¥याउने सम्पक्तिको आशातीत अभिवृद्धि गरियो । तर पूँजि भनेको सानोहोस वा ठुलो यो बचत हो । बचत भनेको असम्पन्न परिस्थितिबाट पेट काटेर बनाएको राशी हो । पूँजिको यस प्रक्रियालाई आधार मानेर कार्लमाक्र्सले जुन पूँजिलाई मदजुरहरुको माग खोसेको भनेर व्याख्या गर्दछ । उनको अतिरिक्त मूल्यको सिद्धान्त भनेको पनि यहि प्रक्रिया सँग सम्बन्धीत छ ।
बी.पि. कोइरालाले समाजवादको व्याख्या गर्दै माक्र्सवादी साम्यवादी र लोकतन्त्रीक समाजवाद बिच ठुलो सैद्धान्तिक मतभेद नभए पनि लोकतन्त्रको विषयमा भने भिन्नता रहेको कुरा व्यक्त गरेका छन् । द्धन्द्धात्मक भौतिकवादलाई माने वा नमानेता पनि दुवैको दर्शन भने भौतिकवाद हो । यसमा बी.पि.को मत पनि फरक देखिँदैन् । एैतिहासिक भौतिकवादलाई स्वीकार गरे पनि वा नगरे पनि मानव सभ्यताको ऐतिहासिक विकास क्रममा दुवै र्दशनको उत्तिकै महत्वपूर्ण स्थान रहेको कुरा बी.पि.ले पनि स्वीकार गरेका छन् । सामाजिक, आर्थिक, राजनीतिक, प्रश्नहरु भनौ वा अन्य कुनै पनि विषयसँग सम्बन्धीत प्रश्नहरु जसको प्राथमिक धरातललाई लोकतन्त्रको विवाद सम्बन्धीत विषयले नै निर्माण गर्दछ । कुनै पनि विषयका प्रश्नमा प्रवेश गर्दा लोकतन्त्रमा निहित मान्यतालाई प्रत्येक्ष वा अप्रत्यक्ष स्वीकार भने गर्नै पर्ने हुन्छ । अन्यथा प्रश्न नै निरर्थक हुन्छ । लोकतन्त्रको प्रश्नले साम्यवाद र समाजवादलाई यसरी विभाजन गरेको छ कि जसरी नदिले विविध खालका जाति वा व्यवस्थामा रहेका दुई मुलुकलाई छुट्याएको छ । लोकतन्त्रले कुनै पनि त्यस्तो उपजस वर्ग वा भावना होइन यो त सामाजिक वा ऐतिहासिक प्रक्रियाबाट मात्र निर्मित हुन्छ । व्यक्तिलाई चाहिने स्वतन्त्रता समाजमा सामुहिक निर्णयको लागि चाहिएको व्यवस्थाका मौलिक सम्पति हुन्, जसको अस्तित्व इतिहासको दान होइन । यो भावनामा इतिहास तर मानव अस्तित्वसँग गाँसिएको मानसिक्ता हो । जहाँ अरु सामाजिक भावनाहरु जस्तो न्याय भावना, मातृ भावना, सहयोगको भावना, मौलिक रुपमा विद्यमान रहन्छ । जीवन र इतिहास फरक छ भने प्रजातन्त्रको भावना इतिहास भन्दा जीवन सँग गाँसिएको हुन्छ । प्रजातन्त्रको यस्तो मौलिक भावनालाई इतिहासको गौण उपजात वस्तु हो भनेर माक्र्सवादी साम्यवादीहरुको आफ्नो तमाम सामाजिक व्यवस्था र चिन्तन आन्दोलनलाई दुषित पारेको छ । यहाँसम्म दुषित कि इतिहासको एउटा र असत्य फुर्को समातेर न्याय, अन्याय र तानाशाही, प्रजातन्त्र, सत्य, असत्यको द्धन्द्धलाई सापेक्षित भनेर तिनको वास्तविक रुपलाई नचिनिने बनाईएको छ । यसरी नै बी.पि. कोइारालले राष्ट्रियताको सम्बन्धमा व्याख्या गर्दै राष्ट्रियता भनेको देश वा राष्ट्र अर्थात माटो मात्रै पनि राष्ट्रियता है राष्ट्रियता आम जनताको सामुहिक भावनालाई लक्षित गर्दछ । त्यस कारण राष्ट्रियतालाई केवल भुगोलसँग मात्र सिमित हेर्नु हुँदैन । त्यसरी भुगोललाई मात्र राष्ट्रियता देख्दा सिक्किम विलयको इतिहास हाम्रै अगाडि साक्षि छ । ल्याण्डुप दोर्जेहरु इतिहासको कलङ्कीत कठघरामा कैदी छन् । त्यसकारण हामीले राष्ट्रियता भन्ने शब्दलाई कुनै पनि निरुङकुश तानाशाह वा राजनीतिकले आफ्नो स्वार्थ सिद्धिको लागि प्रयोग गर्ने र जनताको अधिकार अपहरण गर्ने हतियार बनाउन उद्धत हुन सक्लान जो हाम्रोलागि स्वाीकार्य छैन् । सुगौलि सन्धी यता नेपाल देश त बन्यो, नेपाल राष्ट्र बनाउने प्रयत्न भएन, शरीरको आकार त बनाईयो तर आत्म समावेश हुन सकेन् । फ्रेम त बनाइयो । तस्बीर राख्न सकिएन, कुमालेले भाडो कुदेझै भाडो त कुदियो तर त्यस भित्र आवश्यक पर्ने वस्तुलाई समावेश गर्न सकिएन । त्यसका राष्ट्रियता भित्र आवश्यक पर्ने तत्व जनता, जनताको अगाडि सिर्जीत समस्या, समस्यालाई सबै मिलेर समाधान गर्ने सामुहिक प्रयत्न र सो प्रयत्नबाट उत्पन्न भएको अनुभवको एकता नै राष्ट्रियता हो । यही राष्ट्रियता एकताबाट नै समाजवाद पुग्न सकिन्छ ।
सामाजिक हितको चेतना नै समाजवादको आधार हो । मानव सभ्यताको विकाससँग सँगै सामाजिक हित र कल्याणको भावना विकास हुँदै आयो । समाजको हितमा नै व्यक्तिको हित हुने हुँदा सामाजिक चिन्तकहरुले समाजको बारेमा चिन्तन गरे । त्यसकारण समाजवाद बृहत अर्थ बोकेको मात्र सभ्यता र संस्कृति हो । यसलाई सिमित राजनीतिक बिचार र दृष्टिकोणबाट मात्र समेट्न सकिदैन यो बहुआयामिक छ । यसले सिङ्गो मानव सभ्यतालाई दिशानिर्देश गर्दछ । विश्वका प्रजातन्त्रवादी भनौ वा लोकतन्त्रवादीहरुले यसलाई राजनैतिक स्वतन्त्र सहितको राजनीतिक दर्शनको रुपमा विश्वास गर्दछन् । तर लोकतन्त्र विरोधी भनौ वा लेपटिष्ट राजनीतिक गर्नेहरुले समाजवादलाई केवल आर्थिक देष्टिकोणबाट व्याख्या गर्ने र नियन्त्रण गर्न सकिने संङकुचित रुपमा हेर्ने गर्दछन् । तर हामीले समाजवादलाई आध्यात्मिक भावना देखि विशाल भौतिक परिवर्तन र विकास सबैलाई समेट्न सक्ने राजनीतिक चिन्तनको रुपमा व्याख्या गर्दछौं । नेपाली काँग्रेसले समाजवादलाई आफ्नो आर्दशको रुपमा ग्रहण गर्दछ । हामी समाजवादी सिद्धान्त र आचरण अनुरुप समाजको रुपान्तरण गर्न चहान्छौं । समाजवादको त्यो लक्ष्य सम्म पुग्न लोकतन्त्रको बाटोबाट मात्र सम्भव छ । त्यस कारण बी.पि.ले नेपालको समाजवादको आर्दश प्रतिपादन गरी स्वही अनुरुप राष्ट्रलाई एकताबद्ध गराउँदै समृद्धिको विकास गर्न सकिन्छ भन्ने आर्दशपूणै विचार नै हाम्रो आगामि राजनैतिक रोडम्याप हो ।