कोहलपुरमा २ जना नयाँ संक्रमित थपिए

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा कोहलपुर –११ का १८ र २७ वर्षिय पुरुषमा कोरोना भाईरसको संक्रमण पृष्टि भएको छ । त्यस्तै नेपालगञ्ज १० का ४९ र ३३ वर्षका पुरुष, नेपालगञ्ज ११ का २७ वर्षिय पुरुष र बाँकेकै ४३ वर्षिय महिलामा कोरोना संक्रमण पृष्टि भएको अस्पतालले जानकारी दिएको छ । हाल सम्म बाँके जिल्लामा १३ सय ९० नामा कोरोना स.क्रमण पृष्टि भएको छ ।

८ भाद्र २०७७ मा प्रकाशित
Nabintech