कोहलपुरमा हालसम्म १७ सय ५ जनाको पिसिआर विधिबाट कोरोनाको परिक्षण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाले हालसम्म १७ सय पाँच जनाको पिसिआर विधिबाट कोरोना भाईरसको परिक्षण गरेको छ । कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज पोख्रेलका अनुसार कोहलपुर नगरपालिका भित्रका हालसम्म १७ सय पाँच जनाको पिसिआर विधिबाट कोरोना भाईरसको परिक्षण गरिएको हो भने आरडिटि विधिबाट कोरोना भाईरको परिक्षण हाल सम्म नौ सय २५ जनाको गरिएको हो । स्वास्थ्य शाखा प्रमुख पोख्रेलले पिसिआर विधिबाट परिक्षण गरिएका १७ सय पाँच जना मध्ये ५४ जनामा कोरोना भाईरसको संक्रमण भएको, आरडिटि विधिबाट परिक्षण गरिएका नौ सय २५ जना मध्ये १६ जनामा पोजेटिभ देखिएको बताएका छन् । साथै कोहलपुरमा हालसम्म कोहलपुर नगरपालिका र अन्य स्थानबाट गरिएको परिक्षणबाट ८० जनामा कोरोना संक्रमणको पृष्टि भएकोमा ३३ जना निको भएर घर फकिएका छन् भने एक जना महिलाको निधन भएको छ । त्यस्तै कोहलपुर नगरपालिकाले निर्माण गरेको होटल अतिथिको आईसोलेसनमा १५ जना रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको कोहलपुर स्वास्थ्य शाखाका प्रमुख पोख्रेलले बताएका छन् ।
पछिल्लो समय कोहलपुरमा कोरोना भाईरसको संक्रमण सामुदायि स्तरमा फैलिई रहेको अवस्थालाई मध्यनजर गर्दै कोहलपुर नगरपालिकाले भदौ १० गतेसम्मलाई निषधेज्ञा जारी गरेको छ । कोहलपुर नगरपालिकाका विभिन्न वडाहरुमा सामुदाय स्तरमा नै कोरोना भाईरस संक्रमण फैलिरहेको उनलेब ताएका छन् ।  साथै उनले विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्ड पुरा गर्न आग्रह गर्दै सामाजिक दुरी कामय गर्न, मास्क लगाउन र अनावश्यक रुपमा घुमफर नगरी कोरोना भाईरसबाट बचाउनका लागि स्थानिय सरकारलाई साथ दिन आग्रह समेत गरेका छन् ।

९ भाद्र २०७७ मा प्रकाशित
Nabintech