एथलेटिक्सकी राष्ट्रिय खेलाडी चन्द्रकलामाथि कुटपिट, दुई जना पक्राउ

पिपलबाेट संवाददाता


 

तस्वीर : राजीव विक्रम शाहको फेसबुकबाट।

एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट भएको छ। सोमबार राति उनीमाथि जातीय गालीगलौज गर्दै कुटपिट भएको हो। कुटपिटबाट भाइते चन्द्रकलाको बी एण्ड सी मेडिकल कलेज झापामा उपचार भइरहेको छ। कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुर्गा श्रेष्ठ र विष्णु श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाहीको प्रक्रिया थालिएको झापा प्रहरीले जनाएको छ।  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदकधारी लामगादेमाथि भएको घटनाको नेपाल एथलेटिक्स संघले भत्सर्ना गरेको छ। ‘अहिलेको २१औं शताब्दीमा हुने यस्ता घटनामा संलग्न जो कोहीलाई कडा भन्दा कडा सजाय होस भन्ने माग पनि गर्दछु’, एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले भनेका छ्न, “कुटपिटबाट घाइते लामगादेसहित सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’ चन्द्रकलाको उपचारका लागि नेपाल एथलेटिक्स संघको तर्फबाट २१ हजार रूपैयाँ सहयोग उपलब्ध गराउने अध्यक्ष शाहले बताएका छन्।-देखापढीबाट

१० भाद्र २०७७ मा प्रकाशित
Nabintech