कोरोना रोकथाम र नियन्त्रणका शिर्षकमा ब्रम लुट

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिकाले मुलुक संकटमा परेको समयमा कोरोना रोकथाम र नियन्त्रणका नाममा ब्रम लुट गरेको हिसाव सार्वजनिक भएको छ ।कोहलपुर नगरपालिकाका लेखा अधिकृत सुदिप सुनारले २ करोड ७८ लाख ३९ हजार ५ सय ९ रुपैया खर्च भएको हिसाव सार्वजनिक बुधबार गरेका छन् । कोहलपुर नगरपालिकाले गाडी भाडा १९ लाख ६ सय ४२ रुपैया खर्च गरेको विवरण सार्वजनिक भएको छ । कोहलपुर नगरपालिकामा हाल मात्र १ स्कारपियो १ सुमो गाडि र १ टिप्पर रहेका छन् । कोहलपुर नगरपालिकाले भारत वाट आउने नगरवासीहरुलाई दिनहु टिप्परमा ल्याउने गरेको थियो । साथै गाडि मर्मत वाफत पुनः १ लाख ४० हजार ७ सय २३ रुपैँया खर्च गरेको सार्वजनिक गरेको हो ।
कोरोना भाइरस रोकथाका लागि आईसुलेशनमा खटिएका स्वाथ्यकर्मीहरुको खाजा र आवास सुबिधा बापत ५ लाख २० हजार २ सय ९० गरेका छन् । भने पुनः दोस्रो शिर्षकमा आईसुलेशनमा खटिएका स्वाथ्यकर्मीहरु दैनिक खाजा खर्च वाफत १ लाख ६६ हजार ६सय खर्च भएको कोहलपुर नगरपालिकाले जनाएको छ । थप आईसोलेशनमा खटिएको खाजा र आवास सुबिधा बापत ५ लाख २० हजार २ सय ९० देखाइएको छ ।

स्वास्थ्यकर्मी वाहेकका नगरपालिका हालिमुहाली गर्नेहरुले कोहलपुर नगरपालिकामा मनपरी रुपमा विभिन्न शिर्षकमा लाखौँ रकम खर्च गरेको पाइएको छ । कोहलपुर नगरपालिकाले कोरोना महामारी नियन्त्रण तर्फ ३४ लाख ९८ हजार ७ सय २२ रुपैया खर्च भएको छ । कोरोना रोकथाम र नियन्त्रणकालागी कोहलपुर नगरपालिकाले झण्डै ३ करोड रुपैया खर्च गरेको हो ।

त्यस्तै कोरोना भाइरस रोकथामका लागि आम जनमानसमा सावधानि अपनाउनका लागी सन्देश मुलक सुचना तथा व्यानर छपाईमा ३ लाख २२ हजार ७ सय ९८ रुपैया खर्च गरेको छ । उक्त रकम भुक्तानी लिनेहरुमा कोहलपुर दियालो परिवारलाई कोरोना सम्वन्धी जनचेतनामुक गित प्रसारण बाफत ४० हजार ,कोरोना रोकथामका लागी डिजिटल सुचना प्रकासन वाफत युगयान दैनिकलाई २० हजार , अवध मिडिया ग्रुप प्रालि लाई १० हजार संगम मिडिया हव लाई १९हजार ५ सय रकम र साँया इनोभेटिभ ग्रुप प्रालिलाई ९ हजार २ सय ४० रुपैँया ,गैरे अपसेट प्रेस कोरोना जनचेता सम्वन्धी पम्पेलेट छपाई वाफत ९८हजार १ सय २० रुपैया नगरपालिकाले भुक्तानी गरेको छ । तर कतिपय मिडिया हाउसहरु कोहलपुरमा संचालनमा आएका देखिदैनन् , त्यस्तै कोरोना भाइरस सम्वन्धी जनचेतना मूलक व्यानर छापाई शिर्षकमा लाखौँ रकम खर्च भएको नगरपालिकाले सार्वजनिक खर्च विवरणमा उल्लेख गरेको छ । यसरी लाखौँ रकम नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीको मनपरीले विभिन्न फरक फरक शिर्षकमा खर्च भएको देखिन्छ । हाल कोहलपुर नगरपालिकाले कोरोना भाइरस रोकथामका भएको खर्च रकम २८ लाख १ हजार ९ सय ४२ रुपैँया अहिले पनी भुक्तानी दिन बाँकी रहेको छ ।

११ भाद्र २०७७ मा प्रकाशित
Nabintech