भण्डारीद्धारा कोहलपुर नगरपालिका संग सुचना माग

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका संग अध्ययन प्रयोजनको लागी एक स्थानिय युवा द्धारा सूचना माग गरिएको छ ।
कोहलपुर नगरपालिका वडा नं. ८ का स्थानिय तथा कोहलपुर नेपालि काँग्रेसका नगर सचिव भुम भण्डारीले नेपालको संविधानको धारा २७ र सुचनाको हक सम्वन्धि ऐन २०६४ को दफा ३ बमोजिम सुचनाको ईलेक्टोनिक कपि उपलव्ध गराउन माग गरेका छन् ।
विभिन्न पाँच वटा शिर्षकमा सुचना माग गरेका छन् ।
१. कोहलपुर नगरपालिका कार्यालयद्धारा हाल सम्म खरिद गरिएका राहत सामाग्रीहरुको विवरण र दर रेट मुल्य समेतको प्रमाणित प्रतिलिपि
२. कोहलपुर नगरपालिका कार्यालयद्धारा राहत सामाग्री तथा विपत व्यवस्थापन सामाग्रीहरुसार्वजनिक खरिद ऐन अनुसार खरिदगरिएको भए सो को सम्पुर्ण विवरण सहित प्रमाणित प्रतिलिपि ।
३. कोहलपुर नगरपालिका का विभिन्न वडाहरु द्धारा खरिद गरिएको राहत सामाग्रीको विवरण र दर रेट मुल्य समेतको प्रमाणित प्रतिलिपि
४.कोहलपुर नगरपालिका द्धारा आ.व ०७५\०७६ र आव ०७६\०७८ मा खरिद गरिएका खप्ने सामाग्रिहरुको विवरण संख्या ,मर्मत सम्भार गरिएको संख्या विवरण र कामनलाग्ने सामाग्रीहरुको लिलाम बिक्रि संख्या विवरण ।
५.मिति २०७६÷०७÷१५ गते उच्च अदालत तुल्सीपुर इजलास कक्ष नेपालगंज द्धारा कोहलपुर छोटो दुरीको बसपार्क सम्वन्धि गरेको फैसला कार्यन्वयनको लागि कोहलपुर
नगरपालिका नगर विकास द्धारा गरिएका कार्यहरु कार्यन्वयनको अवस्था र हाल सम्म गरिएको प्रगतिको प्रमाणित प्रति लिपि ।
माथि उल्लेख गरिएका पाँच शिर्षकमा सुचना माग गरेको भुम भण्डारीले वताए । दर्ता नं. ३५५ रहेको भण्डारी वताए ।

११ भाद्र २०७७ मा प्रकाशित
Nabintech