बिहिबार २२ जनाले जिते कोरोना, बाँकेमा कोरोना जित्नको संख्या ६ सय २८ पुग्यो

पिपलबाेट संवाददाता


बिहीबार बाँकेमा २२ जनाले कोरोना जितेका छन । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका बिभिन्न आइसोलेसन सेन्टरमा रहेकाहरुमध्ये २२ जना डिस्चार्ज हुन लागेका हुन ।

खुल्ला कारागार, होटेल सिटि प्यालेस, कृषि तालिम केन्द्र खजुरा, लायन्स डेन्टल अस्पताल, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल र प्राथमिक स्वास्थ्य चौकी बैजनाथबाट गरी ९ जना महिला र १३ जन पुरुष आज घर फर्किने बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार डिस्चार्ज हुनेहरुमा २२ वर्षदेखि ७० वर्षसम्मका व्यक्तिहरु हुन । यो संगै जिल्लामा भेटिएका संक्रमितमध्ये ६ सय ८२ जना डिस्चार्ज भइसकेका छन् । बुधबार साँझसम्म्म भेटिएका जम्मा ९ सय २० संक्रमित मध्ये ५ जनाको मृत्यु भएको छ । 

११ भाद्र २०७७ मा प्रकाशित
Nabintech