कोरोना भाईरसका कारण अटो चालक मारमा परेका छन् । सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन लगाय देखि अटो तथा ईरिक्सा संचालनमा नआउँदा अटो तथा ई–रिक्सा व्यवसाय मारमा परेका छन् । विशेष गरी कोहलपुर क्षेत्रमा पछिल्लो समय सवारी साधानमा जोर विजोर प्रणालीको नियम लागु गरेपछि थप अटो व्यवसाय मारमा परेको दुख व्यक्त गरेका छन् ।
कोहलपुरमा कोठामा भाडा दिएर बस्दैअटो चालक राप्तीसोनारी–२ बैजापुरका राम प्रसाद थारुले केहि केहि महिना देखि अटो संचालन नहुँदा अटो किन्दा लिईएको ऋणको किस्ता दिर्न नै समस्या भएको बताउँछन् । साथै उनले घरखर्च, बालबालिकाको खर्च, कोठा भाडा र किस्ता तिर्न धेरै समस्या भईरहेको बताएका छन् । जुम्ला तिला गाउँपालिका वडा नं. ८ घर भई हाल कोहलपुरमा कोठा भाडार लिएर अटो संचालक गरिरहेका प्रकाश रावतले लकडाउन हुनु भन्दा पहिला कमाई राम्रो भएको र हाल कोरोना भाईरसका कारण बाँकेमा सवारी साधानमा जोर विजोर प्रणाली लागु गरे पनि महिनाको १५ दिन मात्र अटो चलाउन चलाउन दिएकोले विभिन्न समस्या आईपरेको बताएका छन् । १५ दिनको कामाईले कोठा भाडा, अटो किन्ताको लिएको ऋणको किस्ता, घरखर्च चलाउन धेरै समस्या भईरहेको उनी बताउँछन् ।
त्यस्तै कोरोना भाईरसको मारमा कोहलपुर–१२ का अटो चालक किशोर क्षेत्री पनि परेका छन् । लकडाउन हुनुभन्दा पहिला दिनमा एक हजार भन्दा बढि नै आम्दानी गर्ने उनले हाल चारदेखि पाँच सय कमाई गर्दै आएका छन् । साथै नाकाहरु पूर्ण रुपमा बन्द गरी नेपाल भित्र खुल्ला गर्दा कुनै समस्या नहुने भन्दै लकडाउले थप समस्या निम्ताउने उनको भनाई रहेको छ ।
मुगु खप्तड गाउँपालिका वडा नं. ११ घर भई हाल कोहलपुरमा कोठा भाडा लिएर बस्दै आएका एक जना अर्का अटो चालकले अटो व्यवसायहरुका समस्याहरु धेरै रहेको जानकारी दिँदै राज्यले केहि सहयोग गर्नु सके राम्रो हुने बताउँछन् । कोरोना भाईरसको महामारीका कारण विश्व नै ठप्प परिरहेका अवस्थामा दैनिक रुपमा अटो चलाएर जिविकोर्पाजन गर्नेहरुलाई धेरै नै समस्या आईपरेका छन् । राज्यले उचित नीति लिएर नेपाल भरीका अटो व्यवसायहरुका बारेमा ठोस निर्णय लिएको भए केहि राहतको महसुस हुने अटो चालकहरु बताउँछन् ।